ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्धिखर्कका विभिन्न स्थानमा कण्डम बक्स राखियो


एबीसी न्यूज
१ फाल्गुन २०८०, मंगलबार   ८ : १०   बजे

अर्घाखाँची,१ फागुन । सन्धिखर्कको शान्तिबगैंचा र सन्धिखर्क नगरपालिकाको गेटमा कण्डम बक्स राखिएको छ । आज फागुन १ गते कण्डम दिवसको अवसरमा यी दुई स्थानमा कण्डम बक्स राखिएको हो । प्रेम दिवसको पुर्व सन्ध्यामा सन्धिखर्क नगरपालिका, स्वास्थ्य कार्यालय अर्घाखाँची, मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र र सन्देश सहयोग समुहको संयुक्त आयोजनामा सन्धिखर्कमा कण्डम दिवस मनाइएको हो । असुरक्षित यौन सम्पर्कबाट हुने रोकबाट बच्न तथा परिवार नियोजनका लागि कण्डमको प्रयोग गर्नुपर्ने स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले बताए ।

उनले कण्डमलाई परिवार नियोजनका रुपमा मात्र नलिई यौनजन्य रोगबाट बच्न समेत कण्डमको प्रयोग आवश्यक रहेको जानकारी दिए । “हामीले कण्डमलाई परिवार नियोजनका रुपमा मात्र बुझेका छौं, त्यतिमात्र नभइ असुरक्षित यौन सम्पर्कबाट हुने संक्रामक रोगबाट बच्न समेत कण्डमको प्रयोग गनुपर्छ ,” उनले भने “परिवार नियोजनको रुपमा सबैभन्दा महत्वपुर्ण, सहज रुपमा पाउने भनेको कण्डम हो, जन्मान्तर कायम गर्न समेत कण्डमको प्रयोग गर्न सकिन्छ ।” प्रत्येक वर्ष फेब्रेवरी १३ मा कण्डम दिवस मनाइन्छ । यस वर्ष पनि विभिन्न कार्यक्रम गरी विश्वभर कण्डम दिवस मनाइएको छ । विश्वमा यौन रोगहरु बढ्दो अवस्थामा छन् । प्रजनन एवं यौन सचेतनामुलक काम गर्दै आएका संघसंस्थाले गाउँ तथा सहरहरुमा विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाएका हुन् ।

नेपालमा अझैपनि कन्डमको प्रयोग गर्नेहरुको संख्या थोरै नै रहेको आकलन गर्न सकिन्छ । कण्डम अझैपनि सबैको पहुँचमा पुच्न सकेको छैन् । कन्डमको प्रयोग नगर्ने समुदायमा यौँन रोग बढ्दै गएको र यसबारे नकारात्मक धारणा हटाएर कण्डमको महत्तवबारे बुझाउने खालका कार्यक्रम गर्न आवश्यक रहेको विज्ञहरु बताउँछन् । सन्धिखर्कमा राखिएका दुईवटा कण्डम बक्सलाई नगरपालाले नियमित रुपमा अपडेट गर्ने सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुलीले जानकारी दिए । उनले नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले शान्तिबगैंचा र नगरपालिकाको कार्यालय गेटमा कण्डम बक्स राखिएको बताए ।

“विभिन्न किसिमका एचआईभी जस्ता यौन रोगबाट बचाउन कण्डम सबैको पहुँचमा पु¥याउन कण्डम बक्स राखिएको हो,” उनले भने “चाहिएजति कण्डम यी बक्सबाट झिक्न सकिने छ ।” परिवार नियोजनको अस्थायी साधन कण्डम यौन रोग सर्नबाट बचाउने भरपर्दो साधन हो । कण्डम मात्र एउटा यस्तो साधन हो जसले गर्भवती हुन र धेरै यौनरोगहरु नर्सन सहयोग पु¥याउन्छ । असुरक्षित यौन सम्पर्कले मानिसमा विभिन्न संक्रामक रोगहरु लाग्न सक्ने सन्देश समुहका कार्यक्रम अधिकृत पार्वता थापा केसीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group