ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणगढ(गोन्द्राङ सडकखण्ड विस्तारमा भूक्तानी नपाएकोले काम छाड्ने चेतावनी


एबीसी न्यूज
२ फाल्गुन २०८०, बुधबार   १ : २०   बजे

काठमाडौं २ माघ । नारायणगढ(गोन्द्राङ सडकखण्ड ६ लेनमा विस्तारको जिम्मा पाएको सगुन कन्स्ट्रक्सन प्रालिले सरकारबाट पाउनुपर्ने भुक्तानी १७ करोड रुपैयाँ पुगिसकेको भन्दै काम छाड्ने चेतावनी दिएको छ ।

दुई महिना अगाडि नै १२ करोड रुपैयाँको बिल तयार गरेर सडक डिभिजन कार्यालय भरतपुरमा पेश गरेको र त्यसपछि पनि थप ५ करोडको काम गरिसक्दा पनि भुक्तानी नपाएको सगुन कन्स्ट्रक्सन प्रालिका प्रमुख सहदेव खड्काले बताए ।

‘मेयर रेनु दाहाल र सडक डिभिजन कार्यालय प्रमुख रमेश पौडेलको अनुरोधमा अहिलेसम्म उधारोमा काम गरियो,’ खड्का भन्छन्, ‘उधारो १७ करोड पुगिसक्यो तर अझै भुक्तानी पाइएन । अब त काम गर्न गाह्रो भइसक्यो ।’

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले पनि अर्थ मन्त्रालयबाट बजेट निकासा नहुँदा निर्माण कम्पनीलाई भुक्तानी दिन नसकेको बताए । ‘कहिले भौतिक पूर्वाधार मन्त्रालय, कहिले अर्थ मन्त्रालय, कहिले विभागमा धाइरहेको छु,’ पौडेल भन्छन्, ‘ठेकेदारले पेश गरेको कम्तिमा पनि १२ करोड बिल बराबरको रकम दिनुस् भनेको अर्थ मन्त्रालयले ७र८ करोड मात्रै दिने कुरा गर्छ, यसरी त कसरी काम लगाउन सकिन्छ र रु’

२०७७ भदौमा तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नारायणगढ(गोन्द्राङ सडकखण्ड ६ लेनमा विस्तारको शिलान्यास गरेका थिए । कूल १ अर्ब २३ करोड रुपैयाँ लागतमा सडक विस्तारको जिम्मा सगुन कन्स्ट्रक्सनले पाएको थियो । हालसम्म निर्माण कम्पनीले झण्डै ८० करोड रकम भुक्तानी लिइसकेको छ । ठेकेदार कम्पनीले हाल भरतपुरको उकालो र लायन्सचोक तथा नारायणगढ बजारको उत्तरतर्फको काम गरिरहेको छ ।

तर भुक्तानी नपाएकाले काम गर्न नसक्ने जानकारी भरतपुर महानगर प्रमुख र सडक डिभिजन कार्यालयका प्रमुखलाई गराएको निर्माण कम्पनीका प्रमुख खड्का बताउँछन् । ‘हरेक सामान किनेको रकम उत्तिखेरै बुझाउनुपर्छ, सरकारले बजेट नदिएपछि कसरी काम गर्न सकिन्छ रु’ खड्का भन्छन्, ‘अहिलेसम्म जसोतसो धानियो, अब धान्न सक्ने अवस्था छैन, त्यसैले काम रोक्नुपर्ने बाध्यता आएको जानकारी गराएको छु ।’

सडक विस्तारअन्तर्गत टिकौली जंगल छेउ गोन्द्राङ्गदेखि चौविसकोठीसम्म र चौविसकोठीदेखि भरतपुर ओरालोसम्मको मूल सडक भने पिच भैसकेको छ । गोन्द्राङ्गदेखि हाकिम चोकसम्म अन्तिम लेयर थप्ने कामसमेत भइसकेको छ । समग्रमा अहिलेसम्म सडकको भौतिक प्रगति ८० प्रतिशत रहेको सडक डिभिजन कार्यालयका भरतपुरले जनाएको छ ।

तर बजेट अभावमा काममा समेत ढिलासुस्ती भएको छ । गत मंसिर मसान्तमा सकिएको ठेक्का सम्झौताको म्याद सरकारले बजेट दिन नसकेपछि २०८१ भदौसम्म थप गरिएको छ । त्यसअघि पनि २०७९ फागुनमा सकिएको म्याद २०८० मंसिरसम्म थपिएको थियो । निर्माण कम्पनीका प्रमुख खड्का सरकारले बजेट दिए तीन महिना भित्र सबै काम सक्ने दावी गर्छन् ।

भ्रमण वर्ष मनाउने बेला सडकको बिजोग

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई ‘भरतपुर भ्रमण वर्ष’को मनाउने तयारी गरिरहेको बेला मूल सडकखण्ड नै बजेट अभावमा अलपत्र हुने चिन्ता थपिएको छ । महानगरले आगामी फागुन १८ गते भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्दैछ ।

तर नारायणगढ बजार क्षेत्रका लायन्सचोक, पुल्चोक लगायतका क्षेत्रको काम बाँकी छ । त्यहाँ धुलोले बसिसाध्य न हिँडिसाध्य छ । समयमा नै सडक विस्तारको काम नसकिँदा बजार क्षेत्रमा व्यवसायीहरू मर्कामा परेका छन् । उद्योग वाणिज्य संघ चितवनले सडक विस्तारले व्यवसाय चौपट भएको भन्दै सडक डिभिजन कार्यालय, भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा दबाब दिँदै आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख पौडेल अर्थ मन्त्रालयबाट बजेट निकासाका लागि दबाब दिन आफू काठमाडौंमा नै धर्ना कसेको बताउँछन् । ठेकेदार कम्पनीले काम बन्द गर्छु भनेर आफूहरुलाई दबाब दिएको बताउँदै कार्यालय प्रमुख पौडेलले भने, ‘काम रोके यहाँका जनता झनै पीडित हुन्छन्, धैर्यता टुट्छ । त्यही भएर बजेट निकासाका लागि काठमाडौंमा धर्ना कसेको छु ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group