ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवस्थित बन्दै कारागार अस्पताल, छ महिनामा २० हजार कैदीबन्दीको उपचार


एबीसी न्यूज
२ फाल्गुन २०८०, बुधबार   २ : १६   बजे
काठमाडौं २ माघ ।      नेपालकै सबैभन्दा ठूलो र पुरानो कारागार जगन्नाथदेवल सुन्धारामा सञ्चालित केन्द्रीय कारागार अस्पतालमा छ महिनामा २० हजार कैदीबन्दीले उपचार गरेका छन् ।
नेपालको एक मात्र कारागार अस्पतालमा साउनदेखि पुस मसान्तसम्म १९ हजार नौ सय ९२ कैदीबन्दीले उपचार गरेका छन् । जसमा पुरुष कैदीबन्दी १६ हजार ४९५ र महिला कैदीबन्दी तीन हजार ४९७ रहेका छन् ।
विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा विसं २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न सुरु गरिएको थियो । सुरुमा १५ श्ययाको अस्पताल सञ्चालनमा ३१ दरबन्दी रहेको अस्पतालले ३० श्ययाको अस्पताल सञ्चालन गर्न ३६ दरबन्दी थप गरेको थियो । क्रमशः अस्पातलको सेवा विस्तार गरिँदै हाल ३० श्ययाको अस्पताल सञ्चालनमा आएसँगै अस्पतालमा कर्मचारीको दरबन्दी समेत थप गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकी कारागार अस्पतालले पुरुष तथा महिला कैदीबन्दीका लागि छुट्टाछुट्टै वार्ड स्थापना गरेर जाँच गर्दै आएको बताउनुहुन्छ । “कारागार अस्पतालले हाल ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउन्ड, डेन्टल, मनोरोग, छालारोग र आँखा रोगलगायतका रोगको उपचार गर्दै आएको छ,”– डा बुढाथोकी भन्नुहुन्छ ।
सो अस्पतालले बेलाबेलामा कैदीबन्दीका लागि स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै कैदीबन्दीलाई खानपान, जीवनयापन, रहनसहनलगायतका कुरासमेत सिकाउँदै आइरहेको छ । कारागार अस्पतालले कारागारभित्र उपचार सम्भव नभएका रोगको उपचारका लागि काठमाडौँभित्रका विभिन्न २३ वटा अस्पतालसँग सम्झौता गरेको छ ।
“रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवनविश्विद्यालय शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पताल, राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्रलगायतका २३ वटा अस्पतालमा बिरामी पठाउँदै आएका छौँ,”– डा बुढाथोकी भन्नुहुन्छ ।
अस्पतालकी प्रशासन प्रमुख रमा घिमिरे कैदीबन्दीलाई सबै रोगको उपचार कारागारभित्रै गर्नेगरी सेवा विस्तार गर्दै लगेको बताउनुहुन्छ । “एघारौँ तहको अधिकृतको नेतृत्वमा ६८ जनाको दरबन्दी रहने गरी अस्पताल सञ्चालन गरेका छौँ,”– उहाँ भन्नुहुन्छ । कारागार अस्पतालमा विभिन्न रोगका आठ जना विशेषज्ञ चिकित्सकले उपचार गर्ने व्यवस्थासमेत मिलाइएको उहाँको भनाइ छ ।
केन्द्रीय कारागारमा हाल तीन हजार ४५० कैदीबन्दी छन् । एक हजार ५०० अटाउने केन्द्रीय कारागारमा हाल दोब्बरभन्दा पनि बढी कैदीबन्दी रहँदै आएका छन् । तीनवटा जेल रहेको केन्द्रीय कारागारको केन्द्र जेलमा एक हजार ८४४, भद्र जेलमा एक हजार १५३ र महिला जेलमा ४५३ कैदीबन्दी रहेका छन् । यसैगरी, बालसुधार गृहमा २२८ र नौ आश्रित बालबालिका रहेका छन् ।
केन्द्रीय कारागार सुन्धाराका कारागार प्रशासक ललित बस्नेत देशभरका कैदीबन्दी उपचारका लागि काठमाडौँ आउँदा केन्द्रीय कारागारभित्र कैदीबन्दीको सङ्ख्या बढेको बताउनुहुन्छ ।
“देशभरका कैदीबन्दी उपचार गर्न र अड्डा अदालत धेरै राजधानीमा भएकाले यहाँ आउने चाप बढेको छ,”– उहाँ भन्नुहुन्छ । एक शताब्दी इतिहास बोकेको केन्द्रीय कारागार अहिले कैदीबन्दीको चापका कारण साँघुरो बन्दै गएको कारागार प्रशासक बस्नेत बताउनुहुन्छ ।
कारागार अस्पतालले कैदीबन्दीको निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको छ । कैदीबन्दीले निजी अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गर्न चाहेमा आफ्नै पैसा खर्च गर्नुपर्ने हुन्छ । अस्पतालका बिरामीमा अहिले रुघाखोकी, दम, ज्वरो, टाइफाइडलगायतका बढी विरामी देखिने गरेका छन् ।
यस्तै, केन्द्रीय कारागारमा हाल २५५ जना विदेशी कैदीबन्दी रहेका छन् । विदेशीमध्ये सबैभन्दा बढी भारतीय कैदीबन्दी रहेको कारागार प्रशासक बस्नेत बताउनुहुन्छ । भारतीय कैदीबन्दी अधिकांश लागूऔषध मुद्दाका रहेका उहाँको भनाइ छ । भारतपछि चीन र दक्षिण अफ्रिकाका कैदीबन्दी रहेका छन् ।
आठ वर्ष केन्द्रीय कारागार अस्पतालमा रहेर विरामीलाई सेवा प्रदान गर्नुभएका नेपाल चिकित्सक सङ्घका पूर्व अध्यक्ष डा केदारनरसिंह केसी साँघुरो ठाँउ र धेरै कैदीबन्दीका कारण विभिन्न रोग देखिएको बताउनुहुन्छ । “राज्यबाट कैदीबन्दीको लागि निःशुल्क उपचार व्यवस्था हुनु सकारात्मक कुरा हो, यसलाई विस्तारै व्यवस्थापन गर्दै लैजानुपर्छ,”– डा केसी भन्नुहुन्छ ।
उहाँ कैदीबन्दीलाई पछिल्लो समय छालासम्बन्धी समस्या, मानसिक समस्यालगायतका समस्या देखिएको बताउनुहुन्छ । आफू सो अस्पतालमा कार्यरत रहँदा बाहिरबाट हप्ताको एकपटक विशेषज्ञ चिकित्सक झिकाएर कैदीबन्दीको उपचार गरेको उहाँ बताउनुहुन्छ । केन्द्रीय कारागार अस्पतालले आर्थिक वर्ष २०७७÷०७८ मा १६ हजार ८८६, आव २०७८÷०७९ मा २२ हजार १४१ र आव २०७९÷०८० मा ३४ हजार ३२५ विरामीको उपचार गरेको छ  । सो अस्पतालले केन्द्रीय कारागारबाहेक डिल्लीबजार र नख्खु कारागारका कैदीबन्दीको उपचार गर्नुका साथै औषधि वितरण गर्दै आएको छ ।
यस्तै, शल्यक्रिया र प्रसूति उपचारको समेत व्यवस्था मिलाउन सो अस्पतालले सरकारसँग माग गरेको छ । उक्त अस्पतालले बिरामी कैदीबन्दीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर २४ सै घन्टा सेवा सञ्चालन गर्दै आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group