ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इयुको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले ग्रीन सिफ्ट परियोजना संचालन हुने


एबीसी न्यूज
२ फाल्गुन २०८०, बुधबार   २ : ४८   बजे

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले ग्रीन सिफ्ट परियोजनासँग आधिकारिक रूपमा साझेदारी गरेको छ ।

पालिकाकातर्फबाट मेयर प्रशान्त विष्टले फोहोरमैला व्यवस्थापनका लागि तथ्याङ्क सङ्कलन, अनुसन्धान र नीति निर्माणमा सहयोग गर्न पालिकामा फेलो राख्नका लागि ‘वेस्ट स्मार्ट फेलोसप’ सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

ग्रीन सिफ्ट नेपाल चक्रीय अर्थतन्त्र प्रवर्द्धन गर्नका लागि युरोपेली संघ९इयू०को सहयोगमा कार्यान्वयन हुन लागेको चारवर्षीय परियोजना रहेको बताइएको छ ।

नेपालगन्जसहित ग्रीन सिफ्ट नेपाल परियोजनाले बागमती, लुम्बिनी र मधेस प्रदेशका जम्मा ९ वटा पालिकामा काम गरिरहेको बताइएको छ ।

ग्रीनसिफ्ट नेपालले फोहोर सङ्कलन गर्ने उद्योग, साना तथा मझौला उद्योग, सफाइकर्मीहरूको संस्था, युवाहरू, विद्यालयका बालबालिकाहरू र तीन तहका सरकारहरूसँग मिलेर काम गर्नेछ ।

परियोजनाले सरसफाइ क्षेत्रमा आबद्ध उद्यमीहरूको क्षमता निर्माण गर्न उनीहरूको प्लास्टिक फोहोर सङ्कलन क्षमता अभिवृद्धि गर्ने, प्लास्टिक वैकल्पिक उत्पादन र प्याकेजिङ्गको प्रवर्द्धनको लागि साना तथा मझौला उद्योगलाई समर्थन गर्ने, ज्ञान र चेतना अभिवृद्धि गर्न विद्यार्थीहरूसँग काम गर्ने, युवाहरूलाई पैरवी र सचेतना अभियानहरूमा संलग्न गराउने र युवा र सफाइकर्मीहरूको संस्थाको सक्रिय संलग्नतामार्फत समावेशी र प्रमाणमा आधारित नीति निर्माणका लागि तीन तहको सरकारलाई सहयोग गर्ने उद्देश्य रहेको सो परियोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu