ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावको मुखमा भारतमा विपक्षी दल कंग्रेसको बैंक खाता रोक्का


एबीसी न्यूज
४ फाल्गुन २०८०, शुक्रबार   ३ : १८   बजे

काठमाडौं ४ फागुन ।  भारतको प्रमुख विपक्षी दल कंग्रेसले चुनावको मुखमा आयकर विभागले आफ्ना बैंक खाता रोक्का गरिदिएको जनाएको छ।

पछि सो पार्टीले अदालतमा सुनुवाइसम्मका लागि खाताको रकममा तत्काललाई पहुँच दिइएको बताएको छ।  कंग्रेस नेता मल्लिकाजुर्न खड्गेले यसलाई ‘लोकतन्त्रमाथिको आक्रमण’ भनेका छन्।

 

सो आरोपप्रति सरकार वा आयकर विभागले कुनै जवाफ दिएका छैनन्।  कंग्रेस नेता अजय माकनले शुक्रबार बिहान पत्रकारहरुलाई दुई दिनअघि पार्टीको खाताबाट काटिएको चेक ब्यांकले फिर्ता गरेको बताएका थिए। त्यसपछिको सोधीखोजीमा सबै खाता रोक्का गरिएको जवाफ दिइएको उनको भनाइ छ।

माकनले पार्टीको खातामा रहेको रकम अनलाइन चन्दाबाट जुटेको र युवा भ्रातृसंगठनको खातामा रहेको रकम सदस्यता शुल्कबाट जम्मा भएको बताए।

‘हामीसँग खर्च गर्ने, बिजुलीको बिल तिर्ने र हाम्रा कामदारलाई तलब दिने पैसा छैन,’ माकनले भने।

२०१८–१९ मा पार्टीको आयकर बुझाउन ४५ दिनको ढिलाइका लागि खाता रोक्का गरिएको उनको भनाइ छ।

त्यसका अलावा २।१ अर्ब भारतीय रुपैयाँ जरिवाना तिर्न पनि आयकर विभागले भनेको माकनले जानकारी दिए।

यसबारे अर्को साता अदालतमा सुनुवाइ हुने जनाइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि विपक्षीलाई दमन गर्न राज्यका संयन्त्रहरुको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीको क्षति विवरण संकलन गर्न कृषि तथा वन मन्त्रालयको र्‍यापिड एक्सन टिम परिचालन

रसुवा बाढी : उद्धार र राहतमा राज्यका सबै संयन्त्र परिचालन गर्न राष्ट्रपति पौडेलको आग्रह

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu