ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालविरुद्ध बिर्सनलायक बलिङ गरेका आर्यनको नामिबियाविरुद्ध ५ विकेट


एबीसी न्यूज
७ फाल्गुन २०८०, सोमबार   ११ : ४७   बजे

काठमाडौं ७ फागुन ।  नेरदल्यान्ड्सका स्पिनर आर्यन दत्तले आईसीसी क्रिकेट विश्वकप लिग(२ त्रिकोणात्मक ओडीआई सिरिजमा नामिवियाविरुद्ध आफ्नो ओडीआई करिअरको पहिलो पाँच विकेट पूरा गरेका छन् ।

चोभार एन्डबाट आएका लेग स्पिनर उनले पाँच विकेट लिंदै टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिवियालाई दयनीय अवस्थामा पुर्‍याएका छन् ।

उनले टियुको बिहानी कन्डिसनको भरपूर्ण फाइदा उठाए । उनले नवौं ओभरको दोस्रो बलमा माइकल भान लिंगेलनलाई ४ रनमा एलबीडब्लू आउट गरे ।

यसै ओभरको अन्तिम बलमा जेपी कोट्जीलाई ५ रनमा बोल्ड गरे । ११ औं ओभरको तेस्रो बलमा जेन फ्रेलिंकलाई शून्यमा एलबीडब्लू आउट गरे । जेराल्ड इरास्मसलाई १३ रनमा क्याच र जान निकोल लोफ्टीलाई शून्यमा बोल्ड गरेका थिए ।

एक समय ७।२ ओभरमा २०(० को अवस्थामा पुगेको नामिबिया १३ ओभरमा ४४(६ को दयनीय अवस्थामा पुगेको थियो ।

आर्यनले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट लिएका छन् ।

नेदरल्यान्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । आर्यनले मात्रै तीन ओभरमा ४४ रन खर्चिदै खराब प्रदर्शन गरेका थिए ।

समाचार तयार हुँदासम्म नामिबियाले १५ ओभरमा ६ विकेट गुमाउँदै ४७ रन बनाएको छ । नामिबियाको अन्तिम आशाको रुपमा जेजे स्मिथ ७ र जेन ग्रिन १ रनमा क्रिजमा छन् ।

नेपालसँग पहिलो खेलमा ९ विकेटले पराजित भएको नेदरल्यान्ड्सले रोलेफ मान डर मर्वे र तेजा निडामानिरुलाई खेलाएको छ ।

शरिज अहमद र वेस्ली ब्यारेसीलाई बेन्चमा छन् ।उता नामिवियाले टोलीमा एक परिवर्तन गरेको थियो । नेपालविरुद्ध डेब्यू खेल खेलेका ज्याक ब्रासेललाई बाहिर राख्दा जेपी कोट्जीलाई खेलाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group