ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होजलन्डले हानेका २ गोलमा म्यानचेस्टर युनाइटेडको जित


एबीसी न्यूज
७ फाल्गुन २०८०, सोमबार   ११ : ५५   बजे

काठमाडौं ७ फागुन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई हराएको छ।  आइतबार राति भएको खेलमा युनाइटेडले लुटनलाई २–१ गोल अन्तरले जितेको हो।

युनाइटेडको जितमा दुवै गोल रास्मस होजलन्डले गरेका हुन्।  लगातार यो चौथौ जितसँगै युनाइटेडले शीर्ष चारभित्र पर्ने सम्भावनालाई कायमै राखेको‌ छ।

होजलन्डले खेल सुरु भएको ४० सेकेन्डमै नै गोल गरी युनाइटेडलाई अग्रता दिलाएका थिए। सातौँ मिनेटमा फेरि अर्को गोल गरेका थिए। लुटनका चार्ल्टन मोरिसले १४औँ मिनेटमा गोल फर्काए। अन्ततः युनाइटेड २–१ गोलले विजयी भयो।

२५ खेलबाट ४४ अंक जोड्दै युनाइटेड छैटौँ स्थानमा छ। शीर्ष स्थानको लिभरपुलभन्दा युनाइटेड १३ अंकले पछि छ। लुटन २० अंकसहित १७औँ स्थानमा छ।

आइतबार राति नै भएको अर्को खेलमा ब्राइटनले सेफिल्ड युनाइटेडलाई ५–० ले हराएको छ। जितसँगै ब्राइटन ३८ अंकका साथ सातौं स्थानमा उक्लेको छ भने पराजित सेफिल्ड १३ अंकसहित तालिकाको‌ पुछारमा छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group