ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको लेभी र नवीकरण शुल्कमा उल्लेख्य कमी


एबीसी न्यूज
९ फाल्गुन २०८०, बुधबार   १ : ०४   बजे

काठमाडौं ९ फगुन ।   नेपाली कांग्रेसको गत वर्षको आम्दानी घटेको छ । केन्द्रीय लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले महासमिति बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८र७९ र २०७९र८० को लेखा परीक्षण प्रतिवेदन अनुसार चन्दा दिनेहरु घटेका छन् । लेभी र नवीकरण शुल्कमा उल्लेख्य कमी आएको छ ।

कांग्रेसले आ।व।२०७८र७९ मा सदस्यता, लेभी र नवीकरण शुल्क वापत ७ करोड ४३ लाख ०३ हजार ५ सय १ रुपैयाँ आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७९र८० मा भने सदस्यता, लेभी र नवीकरण शुल्कमै साढे ६ करोड भन्दा बढीले कमी आएको छ ।

आ।व।२०७९र८० मा सदस्यता, लेभी र नवीकरण शुल्क वापत ५७ लाख ६० हजार ८ सय रुपैयाँ मात्र आम्दानी भएको कांग्रेसको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

आ।व।२०७८र७९ मा कांग्रेसको जम्मा आम्दानी रु। १४ करोड ८९ लाख ९४ हजार ८७ रुपैयाँ थियो । आ।व।२०७९र८० मा भने कांग्रेसले जम्मा ३ करोड ६४ लाख ७६ हजार २ सय ९७ रुपैयाँ आम्दानी देखाएको छ ।

आ।व।२०७८र७९ मा चन्दा तथा सहयोग वापत ६ करोड ६८ लाख २४ हजार रुपैयाँ, प्रकाशन बिक्रीबाट ११ लाख ४९ हजार ४ सय रुपैयाँ र व्याज आम्दानी बापत ६७ लाख १७ हजार १ सय ८५ रुपैयाँ आम्दानी गरेको थियो ।

गत वर्ष चन्दा तथा सहयोग वापत २ करोड ६५ लाख ६४ हजार ५ सय ७७ रुपैयाँ, प्रकाशन बिक्रीबाट ९४ हजार ६ सय पचास रुपैयाँ, लिलाम बिक्री बापत २ लाख २५ हजार रुपैयाँ र व्याज आम्दानी बापत ३८ लाख ३१ हजार २ सय ७० रुपैयाँ आम्दानी गरेको कांग्रेसले जनाएको छ ।

आ।व।२०७८र०७९ को तुलनामा गत आर्थिक वर्ष कांग्रेसलाई चन्दावाफत ४ करोड कम प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

आम्दानीसँगै खर्चमा पनि गिरावट

कांग्रेसको आम्दानी अघिल्लो वर्षको तुलनामा गत वर्ष ४ करोड ३५ लाख १८ हजार ८२३ कम भएको छ ।

‘पार्टीको आ।व। २०७८र०७९ मा साधारण जगेडा कोषको रकम रु। ६ करोड ९६ लाख ५९ हजार १ सय २३ रुपैयाँ भएकोमा आ।व।२०७९र८० मा उक्त रकममा केही कमी आई रकम रु।२ करोड ६१ लाख ४० हजार ३ सय रुपैयाँ कायम भएको थियो’ प्रतिवेदनमा उल्लेख छ ।

पार्टीको आ।ब। २०७८र७९ मा कूल स्थिर सम्पत्ति ५ करोड ७६ लाख ३७ हजार ६ सय ७० रुपैयाँ रहेकोमा आ।व।२०७९र८० मा ह्रासकट्टी पश्चात ५ करोड ५३ लाख ५५ हजार ७ सय ११ रुपैँया रहेको प्रतिवेदनमा उल्लेख छ ।

आ।व।२०७८र७९ को तुललनामा आ।व।२०७९र८० मा पार्टीको मुद्दती बचत २ तिहाइले कम भई १० करोडबाट ३ करोडमा झरेको प्रतिवेदनमा उल्लेख छ ।

आ।व।२०७८र७९ मा पार्टीको कूल नगद तथा बैंक मौज्दात ७ करोड ६३ लाख ९१ हजार १ सय रुपैयाँ रहेकोमा आ।व।२०७९र८० मा उक्त मौज्दात रकम १ करोड ९४ लाख १६ हजार ५ सय २५ रुपैयाँ मात्र रहन गएको छ ।

कांग्रेसले आ।व।२०७८र०७९ मा चौधौं महाधिवेशन तथा सम्मेलन सम्पन्न गरेको थियो । जसमा १२ करोड २१ लाख ९७ हजार ७ सय ७ रुपँैया खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा आ।व। २०७८र७९ मा १ करोड १५ लाख ६५ हजार २ सय १० रुपैयाँ खर्च भएको जनाइएको छ ।

कार्यालय सञ्चालन बापत ४ करोड ११ लाख ५६ हजार १ सय ०३ रुपैयाँ र ह्रास कट्टी तथा अपलेखन बापत ४१ लाख ५९ हजार २ सय ०१ रुपैयाँ खर्च व्यवस्था गरिएको थियो । प्रतिवेदन अनुसार जम्मा खर्च १७ करोड ९० लाख ७८ हजार २ सय २२ रुपैयाँ रहेको छ ।

कांग्रेसले आ।व।२०७९र८० मा निर्वाचन खर्चमा ३ करोड ८८ लाख ५७ हजार ९ सय ९३ रुपैयाँ खर्च गरेको थियो ।

कार्यालय सञ्चालन बापत ३ करोड २२ लाख ५० हजार ४ सय ३२ रुपैयाँ, भातृ संगठन सम्बन्धी खर्च बापत ४९ लाख ६० हजार रुपैयाँ र ह्रास कट्टी तथा अपलेखन बापत ३९ लाख २६ हजार ६ सय ९६ रुपैयाँ खर्च व्यवस्था गरिएको थियो । प्रतिवेदन अनुसार जम्मा खर्च ७ करोड ९९ लाख ९५ हजार १ सय २१ रुपैयाँ खर्च भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group