लाहोर, ६ फागुन । पाकिस्तानको अदालतले एक व्यक्तिलाई फाँसीको सजाय दिएको छ । सो अदालतले ती व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय सुनाएको हो।
एक बालिकाको बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा फाँसी दिइएको थियो।
इम्रान अलि नामक २४ वर्षीय यी व्यक्तिले ६ वर्षीया एक बालिकालाई बलात्कार गर्नुका साथै उनको हत्या गरेका थिए।
शहरको पूर्वी भागमा ६ वर्षीया जाइनाब फतिमा नाम गरेकी ती बालिकाको गत महिना बलात्कार र हत्या भएको थियो।
फाँसीको सजाय पाएका ती व्यक्तिलाई पञ्जाव शहरमा कम्तीमा ७ बालिकालाई आक्रमण गरेको आरोप थियो। तीमध्ये पाँच बालबालिकाको हत्या गरेको आरोप उनीमाथि लागेको थियो।
प्रतिक्रिया दिनुहोस्