काठमाडौं १० फागुन । युवा व्यवसायी ज्ञानेन्द्र खड्काले आफूलाई कांग्रेस नेतासमेत रहेका गणेश लामासहितले अपहरण गरेको आरोप लगाएका छन् ।
खड्काले लामासहित सहदेब कक्षपति लगायतको समूहले आफूलाई गत पुस २३ गते ललितपुरको ढोलाहिटी आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लन्डन हाउसमा लगेर ८ घन्टाभन्दा बढी बन्धक बनाएको खुलासा गरेका छन् ।
विवादास्पद पृष्ठभूमिका लामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।
लामा र कक्षपतिले कोठामा थुनेर बन्धक बनाइ धम्की र त्रास बिच करकापमा फिरौती स्वरुप करोडौंको लेनदेनको कागज गर्न बाध्य बनाएको उनको आरोप छ ।
“उनीहरुले तँसँग दुई तीन सय करोड पैसा उठाउनु छ, हामीसँग पुलिस सिआइबी सबै मिलेको छ भनेर धम्की दिए,” खड्काले भनेका छन्, “मेरो मोबाइल र ल्यापटप समेत कब्जा गरी तुरुन्ट हाम्रो कृप्टो अकाउन्ट मा ट्रान्स्फर गर् भन्यो र मोबाइल ल्यापटप हेरेर पनि कही केहि नभेटिसके पछी जबर्जस्ती करकापमा २० करोडको कागज गराइयो ।”
आफूसँग बिट्क्वाइन छ र अपहरणमा परे पनि पुलिससम्म जाने हिम्मत पनि गर्दैन भन्ने उद्देश्य राखेर गिरोह नै लागेर योजनाबद्द रुपमा आफूलाई अपहरण गरिएको उनको भनाइ छ ।
“डकैतहरूलाई पैसा मोह भए जस्तै हामीलाई ज्यानको सुरक्षा महत्वपूर्ण भएकोले समय मै मैले यो घटना र्साजनिक गर्न सकिँन,” उनले भनेका छन्, “यहाँबाट निस्के र घर परिवारलाई भनिस र पुलिसकोमा गइस भने राम्रो हुँदैन भनेर त्रसित गर्ने गरेकोले दिमागी रुपमा समेत ठुलो असर पुराएको छ
प्रतिक्रिया दिनुहोस्