ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस महासमिति बैठक युवालाई माथिल्लो तहसम्म अवसर दिनुपर्छ


एबीसी न्यूज
१० फाल्गुन २०८०, बिहिबार   ३ : ५६   बजे

काठमाडौं १० फागुन ।    नेपाली कांग्रेसको महासमिति बैठकमा बोल्ने सदस्यहरूले युवालाई पार्टीको माथिल्लो तहसम्म अवसर दिनुपर्ने बताएका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा फागुन ७ गतेदेखि जारी महासमिति बैठकमा आज धारणा राख्ने वक्ताहरूले गुटगत प्रतिस्पर्धा र नातावादले पार्टीलाई कमजोर बनाएको र युवाको प्रतिनिधित्व कम भएको भन्दै युवालाई पार्टीका हरेक तहमा अवसर दिनुपर्ने बताएका हुन् ।

बैठकमा बोल्दै काठमाडौँका महासमिति सदस्य सुशील भट्टले पार्टीभित्र काम गर्ने असल कार्यकर्ताको भावनलाई कांग्रेसले सम्बोधन गर्न नसकेको बताउनुभयो । “पार्टीले गुटगत प्रतिस्पर्धा भन्दा सही, यथार्थता र जनताको भाषालाई ध्यान दिनुपर्छ, कांग्रेस सत्तामा हुँदा जनताको समस्या समाधान हुनुपर्छ, हरेक तहमा युवाको प्रतिनिधित्व हुनुपर्छ”, उहाँले भन्नुभयो ।

नुवाकोटका महासमिति सदस्य कल्पना नेपालीले पार्टीको सबै तहमा दलित महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनुपर्ने बताउनुभयो । “अहिले वडा तहमा एउटा सदस्यको व्यवस्था गरिएको छ, सङ्घको पदाधिकारीमा एउटा सहमहामन्त्रीमात्रै व्यवस्था भएको छ, प्रदेश जिल्ला र क्षेत्रीय तहमा पनि एउटा पदाधिकारीको व्यवस्था अनिवार्य हुनुपर्छ”, उहाँले भन्नुभयो ।

काठमाडौँका महासमिति सदस्य रीता सुनुवारले एउटै व्यक्तिलाई पटक–पटक आरक्षणको अवसर दिन नहुने बताउनुभयो । “समानुपातिकमा सांसद बनाउँदा एउटै व्यक्तिलाई पटक–पटक अवसर दिइनु गलत हो, पार्टीले सांसद बनाउँदा योग्य र सक्षम व्यक्तिलाई रोज्नुपर्छ”, उहाँले भन्नुभयो ।

ललितपुरका महासमिति सदस्य ऋषिराम घिमिरेले आगामी निर्वाचनमा गठबन्धन आवश्यक नरहेको बताउनुभयो । उहाँले कांग्रेसले अहिले अर्थतन्त्र सुधारका विषयमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

काठमाडौँका महासमिति सदस्य श्रीराम लामिछानेले महासमिति बैठकमा प्रस्तुत प्रतिवेदन सहीरूपमा कार्यान्वयन हुन्छ कि हुँदैन भन्नेप्रति आफूलाई शङ्का लागेको बताउनुभयो । “महँगीले जनताको भान्सादेखि स्वास्थ्योपचार, शिक्षा क्षेत्रमा समस्या सिर्जना गरेको छ, यसमा कांग्रेसले ध्यान दिनुपर्छ, जनताको भाषा बोल्ने हो भने गठबन्धनको आवश्यकता छैन”, उहाँले भन्नुभयो ।

लमजुङका महासमिति सदस्य चन्द्रबहादुर कुँवरले महासमिति बैठकमा गठबन्धनबारे कुरा उठ्नु गलत भएको बताउनुभयो । “पार्टीलाई चुस्त, दुरुस्त राख्नका लागि अभिलेख राख्नुपर्ने भए पनि पार्टीले राख्न सकेको छैन, तत्काल अभिलेख राख्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले पार्टीको बारेमा युवापुस्तालाई बुझाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

काठमाडौँका महासमिति सदस्य भद्रा भण्डारीले पार्टीका हरेक तहका निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेसले जनताका समस्यालाई राष्ट्रिय मुद्दाका रूपमा उठाउनुपर्नेमा जोड दिनुभयो । स्याङ्जाका महासमिति सदस्य युवराज पाण्डेले पार्टीले समस्याको पहिचानमात्र गर्ने होइन, समाधान गर्नेतिर ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले कांग्रेस पछाडि पर्नुको कारण गठबन्धन पनि एक भएको बताउनुभयो ।

काठमाडौँका महासमिति सदस्य रीता दवाडीले गत निर्वाचनमा नयाँ मतदातालाई बन्धक बनाएर रुखभन्दा अन्य चिह्नमा मतदान गर्न बाध्य पारेको भन्ने गुनासोका कारण आगामी दिनमा अझ समस्या पर्न सक्ने भन्दै पार्टीलाई सचेत रहन आग्रह गर्नुभयो । उहाँले जिल्ला र क्षेत्रीय सभापतिमा देशैभर महिलाको प्रतिनिधित्व नहुनु दुखद् भएको भन्दै कम्तीमा पनि ३३ प्रतिशत महिला सभापतिहरू हुनसक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

गोरखाका महासमिति सदस्य शोभा अधिकारीले पार्टीले टिकट बाँड्ने संसदीय बोर्ड र पार्टीको पदाधिकारीमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न पार्टीले पहल लिनुपर्ने बताउनुभयो ।

“अन्य पार्टीसँग सहकार्य गरी संविधान तथा नीति–नियम परिमार्जन गरेर भए पनि ३३ प्रतिशत निर्वाचन क्षेत्र महिला–महिलालाई मात्र प्रतिस्पर्धा गराउनुपर्ने, स्थानीय तह वडा, पालिका, नगरपालिका, महानगरपालिकाको प्रमुख पदमा मेयर र अध्यक्षमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता गराउनुपर्ने, केन्द्रीय समितिमा रहेकाहरू महाधिवेशन प्रतिनिधि हुन वडा तहबाट नै अनिवार्य आउनुपर्ने व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

महासमिति बैठकको अन्तिम दिन आज बिहानैदेखि समूहगत छलफल जारी रहेको छ । प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरूले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा आजै प्रस्तुत गर्नुहुनेछ ।

बैठकको दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group