ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवनियुक्त उपकुलपतिले बताए त्रिभुवन विश्वविद्यालय सुधार्ने ३ प्राथमिकता


एबीसी न्यूज
११ फाल्गुन २०८०, शुक्रबार   १ : ०१   बजे

काठमाडौं ११ फागुन । देशकै प्रमुख विश्वविद्यालय कसरी सुधार्ने र कसरी यसको गुमेको साख फर्काउने भन्ने बहस सिर्जना भइरहेका बेला त्रिभुवन विश्वविद्याल त्रिवि मा उपकुलपति नियुक्त भएका छन्, प्रा।डा। केशरजंग बराल ।

राजनीतिक हस्तक्षेपमुक्त विश्वविद्यालय बनाउन प्रतिस्पर्धाबाट नेतृत्व छानिनुपर्ने प्राज्ञिक व्यक्तिहरुको दबाबकाबीच ४३ जनाबाट १४ जना, ३ जना हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उपकुलपतिमा बराल नियुक्त भएका छन् ।

विश्वविद्यालयलाई राजनीतिमुक्त गराउने, गुमेको साख फर्काउने, अनुसन्धान केन्द्रित शैक्षिक कार्यक्रम चलाउने, सम्बन्धन र बजेटलाई व्यवस्थित गर्ने काम नगरी सजिलै त्रिवि नसुध्रने प्राज्ञिक जगतले आवाज निकालिरहेका बेला बराल नेतृत्वमा आइपुगेका छन् ।

पाल्पामा जन्मिएर अहिले पोखरा घर भएका बरालले २०३९ सालमा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन सुरु गरेका थिए । त्यसपछि पोखराकै पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन थाले । पोखराबाटै भारत गएर विद्यावारिधी गरी फर्केका बरालले विभिन्न दातृ नियोगको वित्त क्षेत्रमा जागिर खाँदै फेरि त्रिवि सेवामै फर्किए ।

२०६४ सालमा पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएर अनुभव लिएका बराल २०६८ मा कार्यक्रम पूरा गरेपछि फेरि त्रिविमै फर्किएर सेवा थालेका हुन् । प्रोफेसरकै रुपमा विभिन्न देशमा पुगेका बराल २०७७ मा निवृत्त भएपछि विश्वविद्यालय क्षेत्रकै विभिन्न आयोग र समितिमा बसेर विशेषज्ञका रुपमा काम गरिरहेका थिए । यही शिलशिलामा बराल त्रिभुवन विश्वविद्यालयको २० औं उपकुलपति हुन आइपुगेका छन् ।

विश्वविद्यालयका बेथिति सुधार्न कतिपय आन्तरिक व्यवस्थापन र कतिपय बाहिरी वातावरणबाट काम हुने बरालले बताए ।
प्रधानमन्त्री प्रचण्डले उपकुलपतिमा नियुक्त गर्दा बराल पोखरामै थिए । नियुक्ती पत्र ग्रहण गर्न काठमाडौं उड्नुअघि बराललाई चुनौतिमा चाङमा उभिएको त्रिभुवन विश्वविद्यालय सुधार्ने योजनाबारे सोधेका थियौं । राजनीतिले ग्रसित, शैक्षिक कार्यक्रम नै अस्तव्यस्त र विद्यार्थीबाटै साख गिरिरहेको त्रिविलाई सुधार्न उपकुलपति एक्लैले नसक्ने बरालले बताए ।

‘विश्वविद्यालय चुनौतिको चाङमा छ, यो सत्य कुरा हो । यो चुनौति समाधान गर्न एउटा भिसीले मात्रै गर्न सक्ने कुरा हुँदैन । सबै राजनीतिक दलको संयोजन र सहयोगविना सुधार्न सकिँदैन,’ बरालले अनलाइनखबरसँग भने, ‘किनभने विश्वविद्यालयको सबैभन्दा डिस्टर्बिङ फ्याक्टर्स नै विभिन्न दलका भातृ संगठन छन् । ती भातृ संगठनले टियुको पक्षमा शैक्षिक वातावरण बनाउनका निम्ति विभिन्न राजनीतिक दलहरुको सहयोगविना सम्भव छैन ।’

राजनीतिक दलहरुमा त्रिभुवन विद्यालयलाई एउटा राम्रो वातावरण बनाउँ र सुधारौं भन्ने भावना विकास नहुँदासम्म भिसी एक्लैले मात्रै सुधार्न सम्भव नभएको उनको निश्कर्ष छ । विश्वविद्यालयका बेथिति सुधार्न कतिपय आन्तरिक व्यवस्थापन र कतिपय बाहिरी वातावरणबाट काम हुने बरालले बताए ।

विश्वविद्यालयलाई गति दिन अहिलेसम्मका अनुभव लगाएर विश्वास गर्न लायक बनाउने बरालले बताए । विश्वविद्यालयमा शैक्षिक वातावरण बनाउन एक जना उपकुलपतिले धेरै गर्न नसक्ने तर सहकार्य र समन्वयनमा सुधारको रिजल्ट भने दिने उनको भनाइ थियो ।

‘‘मेरो पहिलो प्राथमिकता के हो भने एकेडेमिक क्यालेन्डर बनाएर कार्यान्वयन गर्ने र शैक्षिक कार्यक्रमलाई ट्र्याकमा ल्याउने हुनेछ,’ बरालले भने, ‘विद्यार्थीले शैक्षिक क्यालेन्डर मागिरहेका छन्, त्यसको कार्यान्वयन भइराखेको छैन । जसका कारण समयमै शैक्षिक कार्यक्रम हुन सकिरहेका छैनन् ।’

बरालको दोस्रो प्राथमिकतामा परीक्षाको नतिजा समयमै निकाल्ने छ । परीक्षाको नतिजामा समयमै नआउँदा पनि विश्वविद्यालयप्रति धेरैको विश्वास घटेको उनको भनाइ छ । समयमै नतिजा प्रकाशन गर्न नसक्नुमा विभिन्न कारणहरु रहेको र त्यसको पुनर्संरचना गर्नुपर्ने बरालले बताए । केही संस्थागत विकास पनि गर्ने योजना बरालले सुनाए ।

बरालले तेस्रो प्राथमिकतामा पाठ्यक्रम सुधारलाई राखेका छन् । ‘त्रिभुवन विश्वविद्यालयमा मेरो तेस्रो प्राथमिकताको विषय पाठ्यक्रमको सुधार हो । धेरै वर्षसम्म पनि पाठ्यक्रम अध्यावधिक भइराखेको छैन,’ बरालले भने, ‘श्रम बजार र मागअनुसार पाठ्यक्रमलाई अध्यावधिक गर्नुपर्ने छ । यी ३ कुरा हुनेवित्तिकै विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

सम्बन्धित

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu