ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनबाट १०५ जनाले लिए गैर आवासीय नेपाली नागरिकता


एबीसी न्यूज
११ फाल्गुन २०८०, शुक्रबार   १ : ०८   बजे

काठमाडौं ११ फागुन ।   चितवनबाट हालसम्म १७ जना महिलासहित १०५ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकालले दिएको जानकारी अनुसार गत कात्तिक १५ गतेदेखि हालसम्म १०५ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका हुन् ।

गैरआवासीय नेपाली नागरिकता लिनेमा अष्ट्रेलिया र अमेरिका गएकाहरु धेरै छन् । ढकालले दिएको जानकारी अनुसार गैरआवासीय नेपाली नागरिकता लिनेमा चितवन जिल्ला देशभरीका जिल्लामा शीर्ष पाँच जिल्ला भित्र पर्दछ । ‘कहिलेकाहिँ दिनमै ४५ जना नै गैरआवासीय नागरिकता लिनका लागि आउने गर्दछन्,’ प्रशासकीय अधिकृत ढकालले भने ।

सरकारले २०८० असोज ३० गतेदेखि गैरआवासीय नेपाली ९एनआरएन० लाई नागरिकता दिन थालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत ३० असोजमा गैरआवासीय नेपाली संघका तत्कालीन अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्षहरु कुल आचार्य र बद्री केसीबाट गैरआवासीय नेपाली नागरिकता वितरण सुरु गरेका थिए । आचार्यको जिल्ला प्रशासन कार्यालय पर्वतबाट र केसीको काठमाडौंबाट नागरिकताको प्रमाणपत्र जारी भएको थियो ।

एनआरएन नागरिकता लिएपछि नेपालमा लगानी गर्न, व्यापार व्यवसाय गर्न र पैतृक सम्पत्ति उपभोग तथा बेचबिखन गर्न पाइन्छ ।

नागरिकता लिन के गर्नुपर्छ ?

गैरआवासीय नेपाली नागरिकता लिन जुन देशको नागरिक हो सोही देशको पासपोर्ट र नागरिकता लिएर आउने र नेपाली नागरिकता त्यागेको अनुसूची फारम ९ भर्नुपर्ने प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । एकाघरको तर विदेशी नागरिकता नलिएको ब्यक्तिले सनाखत, वडाबाट सनाखत गरेको व्यक्तिसँगको नाता प्रमाणित गरेर अनुसूची ८ ९ग० को फारम भरेर जिल्ला प्रशासन कार्यालयमा आउनुपर्ने ढकालले बताए ।

गैरआवासीय नेपाली नागरिकता वितरण शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँग एनआरएनएका तत्कालीन अध्यक्षहरु कुल आचार्य र बद्री केसी ।
सबै कागजात पूरा गरेर आएको खण्डमा एकैदिनमा पनि नेपाली नागरिकता त्यागेर गैरआवासीय नेपाली नागरिकता लिन सकिने ढकालले जानकारी दिए । गैरआवासीय नागरिकता लिने व्यक्तिले प्रमुख जिल्ला अधिकारीको अगाडि उभिएर नेपालको संविधानप्रति पूर्ण वफादार रही गैरआवासीय नेपाली नागरिकको रुपमा कर्तव्य पालना गर्छु भन्ने आशयको सपथ खानुपर्ने प्रावधान छ ।

साथै, अनुसूची ८ ९घ० अनुसारको संविधान र प्रचलित कानुनबमोजिम गैरआवासीय नेपाली नागरिकलाई प्राप्त अधिकारबाहेक अन्य कुनै पनि अधिकार उपयोग गर्ने छैन भन्ने प्रतिबद्धता पनि जनाउनुपर्ने प्रावधान रहेको प्रशासकीय अधिकृत ढकालले बताए ।

राहदानी बनाउनेहरु पनि बढे

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पासपोर्ट ९राहदानी० बनाउन आवेदन दिनेहरुको संख्या पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको माघ महिनासम्म राहदानीका लागि आवेदन फारम भर्नेको संख्या १८ हजार ५७६ छ । अघिल्लो आर्थिक वर्ष यही अवधिभित्र पासपोर्ट लागि फारम भर्नेको सख्या ११ हजार ८०६ थियो ।

कार्यालयका अनुसार गत आर्थिक वर्षभरीमा २६ हजार ५६२ जनाले आवेदन दिएका थिए । त्यसअघि अघिल्लो आर्थिक वर्ष जम्मा १३ हजार ६५० जनाले आवदेन दिएका थिए । अघिल्लो आर्थिक बर्षको तुलनामा गत वर्ष झण्डै दोब्बर संख्याले राहदानीका लागि आवेदन भरेको देखिएको छ । चालु आर्थिक वर्ष ५ महिना बाँकी नै रहँदा यस्तो संख्या बढ्न सक्ने अनुमान जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुको छ ।

चालु आर्थिक वर्षको माघ महिनासम्म १७ हजारभन्दा बढी पासपोर्ट वितरण गरिसकेको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

सम्बन्धित

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu