ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङमा भारतीय ट्रक पल्टिँदा च्यापिएकामध्ये तीन बालबालिकाको मृत्यु


एबीसी न्यूज
११ फाल्गुन २०८०, शुक्रबार   १ : २५   बजे

काठमाडौं ११ फागुन । मोरङको बूढीगंगामा भारतीय ट्रक पल्टिँदा च्यापिएका चारमध्ये तीनजनाको ज्यान गएको छ।  बूढीगंगा गाउँपालिका–४ प्रगती टोलमा आर।जे।२९ जी।बी।१५६१ नम्बरको भारतीय ट्रक पल्टिँदा च्यापिएकामध्ये तीनजनाको ज्यान गएको हो।

उनीहरू आफ्नो घरको आँगनमा बसिरहेका थिए। मृत्यु हुनेमा एकै परिवारका दुई जना र अर्का छिमेकी रहेका छन्।

ज्यान गुमाउनेमा बूढीगंगा गाउँपालिका(४ की ४ वर्षीया इसिता अधिकारी र छोरा निशान्त अधिकारी छन्। उनीहरू ज्योति अधिकारीका जुम्ल्याहा छोराछोरी हुन्।

उक्त घटनामा सञ्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको छ। आँगनमा सुतेको अवस्थामा गाडी पल्टिएपछि खसेको ठूलो ढुंगाले उनीहरूलाई किचेको थियो।

घटनामा आमाहरू ज्योति र सञ्जु खवास घाइते भएका छन्। उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।घटनास्थलमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन्।

मार्बलको सामान लिएर उद्योगतर्फ जाँदै गरेको ट्रक पल्टिँदा घटना भएको हो। मार्बलको कच्चा पदार्थ बोकेर भारतबाट बूढीगंगाको जेएनजे मार्बल उद्योगमा आउँदै गरेको ट्रक पल्टिएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जन दाहालले घटनास्थलबाट ढुङ्गा पन्छाएर शव निकाल्ने प्रयास भइरहेको बताए। ट्रक हटाउन क्रेन ल्याएर प्रहरीले काममा लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

सम्बन्धित

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu