ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकुमारी घटनाको प्रतिवेदन सदनमा टेबुल गर्न एमालेको माग


एबीसी न्यूज
११ फाल्गुन २०८०, शुक्रबार   १ : ५४   बजे
काठमाडौं ११ फागुन ।     प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले दुई जनाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सदनमा टेबुल गर्न माग गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकको सुरुमा एमाले सांसद योगेशकुमार भट्टराईले उक्त प्रतिवेदन सार्वजनिक गर्न पनि माग गर्नुभयो । “आयोगले उक्त घटनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रीलाई दोषी ठहर गरेको छ भनेपछि पदमा वहाल रहन मिल्दैन, सुरक्षा निकायलाई कमाण्ड गर्ने गृहमन्त्रीले यसको नैतिक जिम्मेवारी लिनुपर्छ”, सांसद भट्टराईले भन्नुभयो, “आयोगको प्रतिवेदन सदनमा टेबुल गर्नुप¥यो । आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरेर सिफारिस कार्यान्वयन गर्नुपर्छ ।”
उहाँले सरकार, मन्त्रालय, इपिएस कोरिया शाखाको लापरबाहीका कारण उक्त घटना हुन पुगेको बताउनुभयो । युवाको विरोध प्रदर्शन भएको बेला भौतिक, पूर्वाधार तथा यातयात मन्त्री प्रकाश ज्वाला सोही बाटो हुँदै अगाडि बढेर आन्दोलनरत युवालाई थप आक्रोशित बनाएको उहाँले आरोप लगाउनुभयो ।
यही फागुन ६ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगले दिएको प्रतिवेदन कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको स्मरणसमेत गराउनुभयो ।
एमाले सचिव भट्टराईले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ ९टेरामोक्स० खरिदमा अनियमिता भएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वहालवाला मन्त्रीसँग बयान लिएको अवस्थामा मन्त्रीले नैतिकताको आधारमा पदमा रहिरहन नमिल्ने दाबी गर्नुभयो ।
“वहालवाला मन्त्री झण्डा हल्लाएर अख्तियारमा बयान दिन जाने, यससँगै छानविनलाई पनि अघि बढाउने विषय ठीक भएन, यसबाट छानबिन प्रक्रिया प्रभावित हुन्छ । छानविनलाई निष्पक्ष अघि बढाउन वर्तमान सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मार्गप्रशस्त गर्नुपर्छ ।”
सांसद भट्टराईले भगवान गौतमबुद्धको अस्तु भएको रामग्राम क्षेत्र व्यावसायिक प्रयोजनमा भाडामा लगाउने सम्बन्धमा पनि अनियमिता भएको उल्लेख गर्दै संस्कति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले पदमा रहन नमिल्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu