ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपकुलपति बराल- राजनीतिक हस्तक्षेप दोहोरिए त्रिविलाई सुधार्न सकिँदैन


एबीसी न्यूज
११ फाल्गुन २०८०, शुक्रबार   २ : ४२   बजे

काठमाडौं ११ फागुन । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले राजनीतिक हस्तक्षेप भएमा प्राज्ञिक क्षेत्रलाई सुधार्न नसकिने बताएका छन्।

विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा गरिएमा त्रिविको सुधार सम्भव नहुने उनले बताए।

उनले बजारको मागअनुसारको पाठ्यक्रम त्रिविले पछिल्लो समय बनाउन नसकेको बताएका छन्। त्रिवि अहिले पनि नेपालको उच्च शिक्षामा अब्बल भए पनि अब यसको साख जोगाउनुपर्ने चुनौती रहेको उल्लेख गरे।

 

खुला प्रतिष्पर्धाबाट छनोट भएर उपकुलपति बनेका उनैलाई पनि माओवादीनिकट रहेको बताइन्छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपकुलपति पदको नियुक्ति लिएपछि उनले आफू कुनै पनि दलको पछि लागेर, झन्डा बोकेर नहिँडेको बताएका छन्।

‘मैले अहिलेसम्म कुनै दलको झन्डा बोकेर हिँडेको छैन। कुनै पनि दलको राजनीतिक कार्यक्रममा भाग लिएको छैन’, उनले शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग भने, ‘मैले अहिलेसम्म जानेको प्राज्ञिक काम हो। तर कुनै एक दलमा आस्था राख्न त पाइएला नि१’

बरालले नियुक्ति बुझेलगत्तै उपकुलपतिको मात्रै बलले विश्वविद्यालयमा सुधार गर्न नसकिने बताएका छन्। उनले त्यसका लागि दलहरूकै सहयोग आवश्यक हुने पनि उनले जानकारी दिए।

उनले आफूलाई लागेको कुनै पार्टीनिकटको ट्यागबारे बचाउ गरे। ‘उपकुलपतिसहितका सबै पदमा व्यवस्थापकीय क्षमता हेरेर नियुक्ति गरिनुपर्छ भन्ने मेरो मान्यता हो। पार्टीहरूले भीसीसहितका पदमा भागबन्डा गरेर पठाउने प्रवृत्ति बन्द हुनुपर्छ,’ उनले भने, ‘मेरो कुरा के हो भने मेरो आफ्नो टीम म आफैँले गठन गर्न पाउनुपर्छ। मैले नियुक्तिपत्र लिँदै गर्दा पनि प्रधानमन्त्रीलाई मेरो टीम म आफैँ बनाउन पाउँछु भने मात्रै काम गर्छु भनेको छु।’

राजनीतिक रुपमा आफू कहीँ पनि सक्रिय नभएको र भाषण पनि गर्दै नहिँडेको उनले बताए। बरालले कुनै दलमा विश्वास र आस्था राख्न पाइने तर विश्वविद्यालयको नेतृत्वमा आउने मान्छेले राजनीतिक पक्षधरता देखाउँदा समस्या हुने बताए।

बरालले उपकुलपति जति राम्रो र सक्षम भए पनि एक्लैले विश्वविद्यालय सुधार सम्भव नहुने बताए। आफूले काम गरेको पोखरा विश्वविद्यालयमा राजनीतिक भागबन्डा गरेकाले उनीहरू दलतिरै उत्तरदायी भएको बताए।

‘म पोखरा विश्वविद्यालयमा पनि दलको हस्क्षेप हुँदैन भनेर मात्रै काम गरेको थिएँ। अहिले त्रिविमा पनि मैले राजनीतिक हस्तक्षेप नहोस् भनेको छु। म राजनीतिक रुपमा कतै लाग्दिनँ भनेको छु। प्रधानमन्त्रीले मलाई तपाईंको त्यही कुरा मन परेको हो भन्नुभयो’, उनले भने, ‘विश्वविद्यालयलाई सुधार गर्न प्रमुख राजनीतिक दलको सहयोग चाहिन्छ,’उनले भने,‘उपकुलपति विश्वविद्यालयको हाकिम होइन, म्यानेजर हो। भीसीले व्यवस्थापन क्षमता देखाएर विश्वविद्यालय सुधार गर्नु पर्छ।’

बरालले राजनीतिक दलहरूसँगै उनीहरूका भ्रातृ संगठनका रुपमा विद्यार्थी नेताहरूको हस्तक्षेप पनि आफूले नस्वीकार्ने बताएका छन्।

उनले वातावरण मिलेमा त्रिविको शिक्षाको अवस्थामा सुधार गर्ने बताए। त्रिविले गुमाउँदै गएको साख र विश्वास फर्काउन आफूले अबको चार वर्षमा काम गर्ने बताए।

उनले विश्वविद्यालयको परीक्षा समयमा गराउने, नतिजा समयमा निकाल्ने, शैक्षिक वातावरणमा सुधार ल्याउने, समयअनुसार पाठ्यक्रम फेर्दै जाने र शैक्षिक क्यालेन्डर लागू गर्ने योजना पनि सञ्चारकर्मीलाई सुनाए।

उनले अब त्रिविमा रजिष्ट्रार र रेक्टर पनि राजनीतिक भागबन्डाबाट भन्दा योग्य व्यक्ति नियुक्त गरिनुपर्ने अडान लिएका छन्। यदि त्यसो भएमा मात्रै त्रिवि सुधार गर्न सकिने सुनाए।

उनले उपकुलपतिको अनुकुलमा काम गर्ने व्यक्तिहरू अन्य पदमा चाहिने बताएका छन्। उनले परीक्षा प्रणाली र एकाडेमिक क्यालेन्डर कार्यान्वयन गरेर शैक्षिक कार्यक्रमलाई विद्यार्थीले विश्वास गर्ने बनाउने पनि वाचा गरे।

बरालले अब अरु पदमा पनि उपकुलपतिलाई सहयोग गर्ने क्षमतावान व्यक्ति दिनुपर्ने माग प्रधानमन्त्रीसँग आफूले गरेको पनि बताए। यसअघि आफूले राजनीतिक दबाब आउँदा पनि काम नगरिदिएको बताउँदै त्यहीकारण प्रधानमन्त्रीले विश्वास गरेर त्रिविको उपकुलपति बनाएको जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group