ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोस्रो पटक नेपाली चिकित्सबाट कलेजो प्रत्यारोपण


एबीसी न्यूज
१३ फाल्गुन २०८०, आइतबार   १ : २४   बजे

काठमाडौं १३ फागुन । कलेजो प्रत्यारोपणमा नेपाली चिकित्सक नेतृत्वले दोस्रो सफलता हात पारेको छ । त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा नेपाली चिकित्सकको टिमले दोस्रोपटक कलेजो प्रत्यारोपण गरेको हो ।

त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा। रमेशसिंह भण्डारीका अनुसार नेपाली चिकित्सक टिमले २७ माघमा चितवनको ३३ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको थियो । ती पुरुषलाई उनकी २८ वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् । कलेजो प्रत्यारोपण गरिएका पुरुषलाई १६औं दिन आइतबार० डिस्चार्ज गरिंदै छ भने महिला १० दिन अगाडि नै डिस्चार्ज भइसकेकी छिन् ।

अत्यधिक मदिरा सेवन गरेकै कारण चितवन निवासी ती पुरुषको कलेजोमा समस्या आएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको डा। भण्डारीले बताए ।

‘चिकित्सक तथा स्वास्थ्यकर्मी मात्रै संलग्नतामा दोस्रो पटक पनि सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेका छौं,’ डा। भण्डारीले भने, ‘नेपालमा आफैंले गर्न सक्छौं भनेर पुष्टि भयो । कलेजो प्रत्यारोपणमा आत्मनिर्भरतातर्फको पाइला अगाडि बढाएका छौं ।’

हालसम्म त्रिवि शिक्षण अस्पतालले १२औं कलेजो प्रत्यारोपण गरेको छ ।

यसअघि २७ पुसमा त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले नेपालमै पहिलो पटक नेपाली चिकित्सकहरुकै संलग्नतामा पहिलो सफल कलेजो प्रत्यारोपण भएको थियो ।

नेपालमा २०७३ सालदेखि नै कलेजो प्रत्यारोपण सुरु भए पनि विदेशी विज्ञ चिकित्सकको सहयोगमा भइरहेको थियो । तर अबदेखि नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीले नै कलेजो प्रत्यारोपण गर्न समक्ष भएको डा। भण्डारीले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालमा १८ जेठ २०७६ मा पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो । त्यसयताको अवधिमा बीचको केही समय कोरोना महामारीले प्रत्यारोपण निरन्तरतामा अवरोध सिर्जना गरेको थियो ।

‘अहिलेसम्म १२ औं बिरामीमा कलेजो प्रत्यारोपण सफल भएको छ । अब महिनामा एक वटासम्म कलेजो प्रत्यारोपण योजना बनाएका छौं,’ डा। भण्डारीले भने ।

अंग प्रत्यारोपणमध्ये कलेजो प्रत्यारोपणलाई बढी जटिल मानिन्छ । नेपालमा वार्षिक २०० हाराहारी कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अनुमान छ ।

प्रत्यारोपण सेवालाई दिगो बनाउन नसके नेपालमा पीडा बढ्ने डा। भण्डारी बताउँछन् । डा। भण्डारीका अनुसार अपेक्षा अनुरूप कलेजो प्रत्यारोपण सेवा अगाडि बढ्न सकेको छैन ।

शिक्षणमै कलेजो प्रत्यारोपण हुन्छ भन्ने सन्देश बिरामीमाझ नपुग्नु, पुगे पनि नेपाली विशेषज्ञ टिमको क्षमतामा विश्वास स्थापित हुन नसक्नुलगायत कारण पनि सेवा विस्तारमा बाधक बनेको डा। भण्डारी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group