ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री चढेको हेलिकप्टर दूर्घटना


एबीसी न्यूज
६ फाल्गुन २०७४, आइतबार   ११ : ३३   बजे

मेक्सिको ६ फागुन । उच्च अधिकारीहरु बोेकेको एक हेलिकप्टर मेक्सिकोमा दूर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा १४ जनाको ज्यान गएको छ । हेलिकप्टरमा सवार अधिकारीहरु शुक्रबार गएको भूकम्पको असर अवलोकनका लागि त्यसको केन्द्रविन्दु नजिकको शहर गएका थिए ।

 

मेक्सिकोको गृह मन्त्री र दक्षिण–पश्चिम ओहाका राज्यका गर्भनर पनि सो हेलिकप्टरमै थिए । तर, दुवै जना सकुशल रहेका छन् । अवतरणको समयमा हेलिकप्टरका पाइलटले नियन्त्रण गुमाएको गृहमन्त्री अलफोन्सो नेभ्यारेटेले भने ।

७।२ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु ओहाका थियो तर त्यसले ३५० किलोमिटर टाडा मेक्सिको सिटीका भवनहरु पनि हल्लिएका थिए ।
अधिकारीहरुका अनुसार सो सैन्य हेलिकप्टर भूकम्पबाट बचेर सुरक्षित बासको लागि नजिकको चौरीतर्फ गइरहेका मान्छे चढेका भ्यानहरुमाथि खसेको थियो । प्रहरी अधिकारीका अुनुसार सो दुर्घटनामा एक छ–महिनाको शिशुसहित चौध मानिसको ज्यान गएको छ ।

प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाको सयम रातको समय थियो र गाँउमा विजुली पनि थिएन । हेलिकप्टर अवतरण गर्नु अघि आकासमा धेरै चक्कर लगाएकाले धुलो उडेको अवस्था थियो । यसले गर्दा ‘भीजीवीलीटी’ झनै कमजोर भएको थियो ।

मर्नेमध्य हेलिकप्टरमा सवार पनि थिए कि भनेर अझै प्रष्ट भइसकेको छैन तर नेभ्यारेटेले हेलिकप्टरमा रहेका मध्य केही घाइते भएको बताए ।

शुक्रबार आएको भुकप्पको केन्द्र पिनोटेपा डे डन लुइस शहर नजिक जमिनभन्दा २४।६ कि।मी।मुनि रहेको थियो । यसले भूकम्पले केही भवनहरुलाई असर गरेको छ । कम्पनपछि मेक्सिको सिटीमा हजारौं मानिसहरु सडकमा निस्किएका थिए । यसले गर्दा यातायात केही समय अवरुद्ध भएको थियो ।

अघिल्लो सेप्टेम्बर मेक्सिकोमा आएका दुई अलग भूकम्ममा परि सयौं मानिसको ज्यान गएको थियो । मेक्सिको विश्वको सबैभन्दा सक्रिय भूकम्पिय क्षेत्रमा रहेको छ । यो पृथ्वीका सबैभन्दा ठूला तीन टेक्टोनिक प्लेटहरु उत्तर अमेरिकी, कोकोस र प्यसिफिक प्लेटमाथि रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu