ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको संसदमा नाराबाजी


एबीसी न्यूज
१४ फाल्गुन २०८०, सोमबार   १ : २०   बजे

काठमाडौं १४ फागुन । प्रमुख विपक्षी नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ । प्रतिनिधिसभा संसद को सोमबार बसेको बैठकमा एमाले सांसदहरुले आ–अफ्नो स्थानमा उभिएर नाराबाजी गरेका हुन् । उनीहरुले सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरुलाई कारबाही गर जस्ता नारा लगाएका थिए ।

एमाले सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

विपक्षी दलहरुले ६ फागुनयताका हरेक बैठकमा विवादमा मुछिएका मन्त्रीहरुको राजीनामा माग गर्दै आएका छन् । १३ पुसमा भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला पनि दोषी रहेको प्रतिवेदन जाँचबुझ समितिले बुझाएपछि विपक्षीहरुले उनको राजीनामा मागेका हु्न् । त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रभण्डले प्रतिवेदन बुझेपछि अध्ययन गरेर कार्यान्वयन गर्ने बताएका थिए ।

तर अहिलेसम्म कुनै निर्णय भएको छैन । विपक्षी दलहरुले भने मन्त्री ज्वालाले राजीनामा दिनुपर्ने, नभए बर्खास्त गर्नुपर्ने माग गरेका छन् । एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटनमन्त्री सुदन किरातीका साथै त टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका स्वास्थ्यमन्त्री मोहन बस्नेतमाथि समेत प्रश्न उठाएको छ । संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोलेका एमाले सांसद गोकुल बास्कोटाले विवादित मन्त्रीहरुले तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज पीडित, लघुवित्त पीडितको समस्या सम्बोधन गर्न र दुग्ध किसानको भुक्तानी दिन माग गरेका छन् । नभए संसदको अर्कोदेखि राप्रपाले संसद अवरुद्ध गर्ने उनको चेतावनी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०का सभापति रवि लामिछानेले संसदमा आएर जवाफ दिन मन्त्रीहरुलाई केले रोकेको छ भनेर प्रश्न गरे । ‘यदि जवाफ दिन सक्ने आधार छन्, आरोप निराधार हुन् भने सार्वभौम संसदमा उभिएर भन्न केले रोक्यो रु’ उनले भने, ‘सभामुखले सरकारले बुझ्ने र सुन्ने गरी रुलिङ गर्नुप¥यो ।’

लगतै सभामुख देवराज घिमिरेले बैठकलाई नियमित कार्यसूचीमा लैजान खोजेका थिए ।

तर एमाले सांसदहरु आआफनो स्थानमा उभिएर विरोध गरे । सभामुखले रुलिङ नगरेपछि एमाले सांसदहरुले आ आफ्नो स्थानमै उभिएर ‘विवादिन मन्त्रीहरुले राजीनामा दे’, मिटरब्याज पीडितलाई न्याय दे, सभामुखको रुलिङ कार्यान्वयन गर जस्ता नारा लगाएर नाराबाजी गरेका छन् ।

प्रमुख विपक्षी सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group