ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तस्करीको प्याज सहित पिकअप पर्सा प्रहरी नियन्त्रणमा


एबीसी न्यूज
१४ फाल्गुन २०८०, सोमबार   ८ : ०९   बजे

पर्सा, १४ फागुन । पर्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा ठुलो मात्रामा प्याजको तस्करी भैरहेको छ। पर्सा जिल्लाको बिरगंज लगायत ग्रामिण क्षेत्रमा ठुलो मात्रामा प्याजको तस्करी भैरहेको हो ।भर्खरै पर्सा जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी पाएर नयाँ आएका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले तस्करीमा कडाई गरेपछि केही मात्रामा तस्करी नियन्त्रण भएपनी प्याजको भने ठुलो मात्रामा तस्करी भैरहेको पाईएको छ ।

सशस्त्र प्रहरी वल १३ नम्बर गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक किशन कर्माचार्य र पर्सा प्रहरी प्रमुख कुमोद ढुङ्गेलले तस्करी नियन्त्रण गर्न आफनो मातहतका युनिटहरुलाई ठाडो निर्देशन दिएपनी त्यसलाई अटेर गर्दै ग्रामिण क्षेत्रमा रहेको प्रहरी चौकीमा रहेका प्रहरीहरुले तस्कर गिरोह सँग मिलेर प्याजको तस्करीको लाईन दिएको आईतवार बिरगंजबाट एउटा पिकप सहित तस्करीको प्याज पर्सा प्रहरीले नियन्त्रणमा लिएपछि रहस्य खुलेको हो ।पर्सा प्रहरीले तस्करीको प्याज सहितको पिकअप आफनो नियन्त्रणमा लिएको छ ।वीरगञ्ज महानगरपालिका– ५ कुम्हाल टोलस्थित सडकखण्डमा भारतबाट भन्सार छलेर नेपालतर्फ भित्र्याइएका ६० बोरा २८८० किलो प्याजसहित प्रदेश २–०३–००१ च ३३०४ नम्बरको पिकअप नियन्त्रणमा लिएको हो ।प्याज पिकअप गाडीमा लोड गरी वीरगञ्जबाट अन्यत्र स्थानमा लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ । उक्त पिकअपसहित २८८० किलो प्याज १६ लाख १५ हजार २०० रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिएको प्याज र पिकअप थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group