ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेन्चुरी बैंकका पूर्व सीईओले दुई अर्ब अनियमित रुपमा ऋण दिएको भेटियो


एबीसी न्यूज
१५ फाल्गुन २०८०, मंगलबार   १ : ४७   बजे

काठमाडौं १५ फागुन । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रुपमा कम्तीमा दुई अर्ब कर्जा प्रवाह भएको भेटिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले गरेको अनुुसन्धानका क्रममा तीन वटा कम्पनीलाई कमसल धितो राखेर कर्जा प्रवाह गरेको भेटिएपछि बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जना पक्राउ गरिएको ब्यूरोकी एआईजी किरण बज्राचार्यले बताइन् ।

सीआईबीकी निर्देशक किरण बज्राचार्यका अनुसार, हाल प्रभु बैंकमा डेपुटी सीईओ रहेका न्यौपानेसहित बैंकका पूर्वसीईओ तुलसीराम गौतमलाई पनि पक्राउ गरिएको छ ।

उनीहरुसँगै पक्राउ पर्ने अन्यमा हाल प्रभु बैंकमा कार्यरत् कर्मचारी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी छन् । पक्राउ पर्ने थप ४ जनाको नाम खुलेको छैन । थप केहीको प्रहरीले खोजी गरिरहेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, उनीहरुमाथि कमसल धितोका आधारमा कम्तीमा दुई अर्ब रुपैयाँ बराबरको ऋण प्रवाह गरेको आरोप छ ।

साविकको सेन्चुरी बैंक प्रभु बैंकमा गाभिएपछि प्रभुमा कार्यरत् कर्मचारीहरु पक्राउ परेका हुन् । सेन्चुरीका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपानेले नै निमित्त सीईओको जिम्मेवारी पाएका थिए ।

लामो समय सीईओ नभए पनि नेपाल राष्ट्र बैंकले सीईओ नियुक्त गर्न दबाब दिएसँगै बैंक सञ्चालक समितिले न्यौपानेलाई नै सीईओको जिम्मेवारी दिएको थियो ।

पक्राउ परेकाहरुविरुद्ध राष्ट्र बैंक ऐन विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने ब्यूरोका एसपी होविन्द्र बोगटीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu