ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले खगराजलाई अघि सार्दा माओवादीमा मतभेद


एबीसी न्यूज
१५ फाल्गुन २०८०, मंगलबार   ३ : २८   बजे

काठमाडौं १५ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश सांसद खगराज भट्टलाई मुख्यमन्त्री बनाउने गरी नेतृत्व परिवर्तन गर्ने भनेर गरेको प्रस्तावप्रति माओवादीमा ‘मतभेद’ देखिएको छ । मंगलबारको बैठकमा प्रचण्डको उक्त प्रस्तावप्रति नेताहरूबिच मतभेद देखिएपछि अर्को दिन निर्णय गर्ने भन्दै बैठक नै स्थगित हुन पुगेको हो ।

बैठकमा अध्यक्ष प्रचण्डले अहिले भएको निर्णयलाई यथावत राख्ने तर भट्टलाई आगामी दिनमा भने मुख्यमन्त्रीसमेत बनाउने गरी कांग्रेससँग छलफल गर्ने भनेर प्रस्ताव गरेका थिए । प्रचण्डको उक्त प्रस्तावप्रति नेताहरू चक्रपाणि खनाल, जनार्दन शर्मा र देवेन्द्र पौडेल लगायतले असहमति जनाए ।

खनाल, शर्मा र पौडेलले गलत ढंगले नेतृत्व परिवर्तन गर्न जायज नहुने धारणा राखेका थिए । ‘पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्छ । खगराजलाई ह्युमिलेट हुनेगरी निर्णय गरिनु हुँदैन,’ असहमति जनाउने नेताहरूले बैठकमा भनेका थिए ।

सोही क्रममा नेता भट्टले आफूले कुनै पनि जिम्मेवारी पाउने अवस्था नरहेको भन्दै भावुक हुँदै बिचमै बैठकबाट बाहिरिएका थिए । एक स्थायी कमिटी सदस्यका अनुसार प्रचण्डको प्रस्तावमा प्रभावशाली नेताहरूले रिजर्भेसन राखेपछि र भट्टपनि हिँडेपछि बुधबारको बैठकबाट आवश्यक निर्णय गर्ने भनेर बैठक स्थगित गरिएको थियो ।

‘प्रचण्डको प्रस्तावप्रति नेताहरुबीच नै मतभेद देखियो’, ती नेताले भने,‘मतभेद देखिएपछि बैठक नै स्थगित भयो ।’ गत माघ १२ गते नेकपा माओवादी केन्द्रले खगराज भट्टलाई दलको नेताबाट हटाएर सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता परिवर्तन गरेको थियो । माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सांसद मानबहादुर धामीलाई नयाँ संसदीय दलको नेता चयन गरेको थियो । यो विवाद पार्टीको स्थायी समिति बैठकमा नै विधिवत रुपमा प्रवेश गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu