काठमाडौं, १५ फागुन । नेपाल इन्टरप्रेनर्स लाईन्स क्लवले श्री प्रभात आधारभुत बिधालयका एक सय २० विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेको छ । क्लबले सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ६ देउरालीटार स्थित विद्यालयका विद्यार्थीहरुलाई सोमबार स्टेशनरी र खेलकुद सामाग्रीहरु वितरण गरेको हो ।
क्लबका अध्यक्ष कुशल श्रेष्ठको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक हरीकृष्ण कोइरालालगायत विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । स्थापनाकाल देखि नै विभिन्न सामाजिक कार्यमा संलग्न रहेको यस क्लबले यसपटक विद्यालयका ग्रामिण क्षेत्रका विद्यार्थीहरुका लागि सहयोग गर्न पाउँदा निकै खुसि लागेको क्लवका अध्यक्ष श्रेष्ठले बताए ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक कोइरालाले पनि विद्यालय र विद्यार्थीहरुलाई अत्यावश्यक सामाग्री वितरण गरेकोमा खुशी व्यक्त गरेको नेपाल इन्टरप्रेनर्स लाईन्स क्लवकी कोषाध्यक्ष करुणा भुजेलले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्