ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रमुख प्रशासकीय अधिकृतले गरे सुन्धारा झडपबारे नगर प्रहरीसँग सोधपुछ


एबीसी न्यूज
१७ फाल्गुन २०८०, बिहिबार   १२ : ५२   बजे

काठमाडौं १७ फागुन ।   बुधबार साँझ नगर प्रहरी र फुटपाथ व्यवसायीबीच भएको झडपबारे प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सोधपुछ गरेका छन्।

बिहीबार बिहान नगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेलाई बोलाएर परियारले सोधपुछ गरेका हुन्। सुन्धारामा बुधबार साँझ भएको झडपमा ५ जना नगर प्रहरी र ६ जना व्यवसायी गरि ११ जना घाइते भएका थिए।

 

सुन्धारामा महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप, ११ जना घाइते

सो घटनाबारे नगर प्रहरी प्रमुख एसएसपी पाण्डेले प्रतिरक्षा गर्दा झडपको अवस्था सिर्जना भएको ब्रिफिङ गरेका छन्।

‘घटना के भएको भनेर आज बिहान उहाँ राजुनाथ पाण्डे सँग छलफल भएको छ,’ परियारले  भने, ‘अवस्था असामान्य हुन थालेपछि प्रतिरक्षा गर्दा झडपको अवस्था आएको बताउनुभएको छ।’

महानगर प्रहरीले धरहराअगाडि राति ९ बजेअघि व्यवसाय सुरु नगर्न आग्रह गरेको तर फुटपाथ व्यवसायीले साँझ ७ बजे नै पसल राख्न सुरु गरेकाले हटाउन खोज्दा प्रहरी टोलीमाथि नै आक्रमण भएको बताइएको छ।

उता नेपाल स्वरोजगार व्यापार श्रमिक संघले भने काठमाडौँ महानगर प्रहरीका डीएसपी मनोज लामिछाने नेतृत्वको प्रहरी टोलीले मजदुरमाथि आक्रमण गरेको दाबी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सम्बन्धित

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu