ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंहदरबार र बालुवाटारको फुटपाथमा टाँगेको डोरी प्रहरीले हटायो


एबीसी न्यूज
१७ फाल्गुन २०८०, बिहिबार   १ : ०४   बजे

काठमाडौं १७ फागुन । प्रहरीले सिंहदरबार, बालुवाटार, संघीय संसद् भवन बानेश्वरलगायतका ठाउँको फुटपाथमा लगाएको डोरी हटाएको छ ।

व्यापक आलोचनापछि बुधबार साँझ प्रहरी टोलीले ती क्षेत्रबाट डोरी हटाएको हो ।   उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले सुरक्षालाई मजबुत बनाउन अल्पकालीन रुपमा डोरी राखिए पनि हटाएको अनलाइनखबरसँग बताए ।

‘धेरै किसिमका आन्दोलन भइरहेका छन्, तोकिए अनुसार कार्यक्रम पनि भएका छैनन् । त्यसैले भिडभाड नहोस् भन्न खोजेका थियौं’, उनले भने, ‘सडकमा जनतालाई दुःख भयो भनेपछि हटाएका छौं ।’

सोमबार लघुवित्तका ऋणीहरुको एउटा समूह बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेको थियो । लगत्तै संसद् भवनको सुरक्षामा खटिएका ३२ जना प्रहरी हटाइएका थिए भने गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखको आकस्मिक बैठक बोलाएका थिए ।

फर्किएपछि सुरक्षा समितिको निर्णय भन्दै प्रहरीले सिंहदरबार, बालुवाटार लगायतका क्षेत्रको फुटपाथमा डोरी टाँगेर सर्वसाधारणलाई हिँडडुलमा रोक लगाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सम्बन्धित

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu