ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंह कार्यकक्षमा टेक्नै नपाई बिदा भए


एबीसी न्यूज
१७ फाल्गुन २०८०, बिहिबार   १ : ३८   बजे

काठमाडौं १७ फागुन । चार वर्ष पहिले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका प्रा।डा। नन्दबहादुर सिंहले पदभार सम्हाल्दै गर्दा भनेका थिए(अब मप विश्वविद्यलयामा ताला लाग्ने दिन गए ।

१८ फागुन २०७६ उपकुलपतिमा नियुक्त भएका सिंहको कार्यकाल आज सकिंदैछ । तर, सिंह भने बुधाबार नै विश्वविद्यालयबाट बिदा भइसकेका छन् ।

उपकुलपति सिंह चार वर्षे कार्यकाल सकेर बिदा हुँदै गर्दासमेत विश्वविद्यालयमा लगाइएको ताला भने खुलेन । विद्यार्थी र प्राध्यापक संगठनहरुले पछिल्लो पटक विभिन्न मागहरु राख्दै गत असोज १२ गते विश्वविद्यालयमा तालाबन्दी गरेका थिए ।

प्रदभार ग्रहण गरेकै दिन विश्वविद्यालयमा ताला लाग्न नदिने घोणषा गरेका सिंहको आधाभन्दा बढी कार्यकालमा तालाबन्दी भइरह्यो ।

 

उपकुलपति सिंह विश्वविद्यालयबाट बिदा हुँदै गर्दा पनि आफ्नो कार्यकक्षमा पाइला टेक्नसमेत पाएनन् । उनले अधिक समय निवासबाटै विश्वविद्यालय चलाए । निवासबाटै बिदा हुन बाध्य भए ।

उपकुलपति सिंहले चार वर्ष पहिले पदभार ग्रहण गरेकै दिन अर्को प्रण पनि गरेका थिए, ‘मेरो कार्यकालमा कुनै पनि निजी कजेललाई सम्बन्धन दिने छैन् । निजी कलेजलाई सम्बन्धन दिनु भनेको पैसा खानु हो । पैसा खानु भनेको आमाको रगत खानु सहर हो ।’

तर, उपकुलपति सिंहले उच्च शिक्षा पढाइरहेका कलेजहरुलाई सम्बन्धन दिन आवेदन नै आहृवान गरे । २९ चैत २०७९ मा उच्च शिक्षा पढाइरहेका वा पढाउन चाहेका इच्छुक शैक्षिक संस्थालाई आवेदन दिन ३५ दिने सूचना प्रकाशन गरेपछि विश्वविद्यालय र विद्यार्थी संगठनबीच तनाव नै सिर्जना भएको थियो ।

संयुक्त विद्यार्थी संगठनले सम्बन्धनका लागि जारी गरिएको सूचना खारेज गर्नुपर्ने र विश्वविद्यालयको केन्द्रीय क्याम्पस र आंगिक क्याम्पसहरूको गुणस्तर सुधारको अभियान थाल्नु पर्ने माग गरेका थिए । विद्यार्थीको आन्दोन पछि सम्वन्धन प्रक्रिया भने रोकियो तर उपकुलपति सिंह भने विभाद रहित हुन सकेनन् ।

आफूखुसी २५ जना पीएचडी होल्डरलाई नियुक्ति दिइएको, सम्बन्धन अन्तर्गत सञ्चालनमै नआएका कार्यक्रमहरु चोरबाटोबाट थप गर्न लागेको, प्रधानमन्त्री कार्यालयको अवज्ञा गर्दै बिना विज्ञापन कर्मचारी नियुक्ति गरेको, विश्वविद्यालयको संरचना हुँदाहुँदै पनि एक जना डीनको घरमा एउटा फ्याकल्टीको कार्यालय राखिएको लगायतका विषयमा प्राध्यापक तथा विद्यार्थी संघ संगठन आन्दोलित भएका थिए ।

यो बीचमा १४ पटक वार्ता बसे पनि सहमति नजुट्दा अहिलेसम्म तालाबन्दी कायमै छ । उपकुलपति सिंहले यो अवधिमा निवासबाटै विश्वविद्यालय चलाएका थिए । विश्वविद्यालयका रजिष्ट्रार प्रा।डा नारायण पौडेलले केन्द्रीय कार्यालयमा लगाइएको ताला खोल्न सोमबार अपिल नै गरेका थिए ।

‘केन्द्रीय कार्यालयमा विगत पाँच महिनादेखि विभिन्न मागहरु राख्दै तालाबन्दी भइरहेको छ, तालाबन्दीका कारण विश्वविद्यालयको शैक्षिक प्रशासनिक एवम् आर्थिक प्रशासनिक कामकाजहरु ठप्प भएका छन्’ अपिलमा भनिएको छ, ‘‘तालाबन्दी कायमै रहँदा उपकुलपतिज्यूको बिदाइ कार्यक्रम विश्वविद्यालयको केन्द्रीय कार्यालयबाट गर्न कठिन हुने अवस्थामा उपकुलपतिज्यूको सम्मानजनक बिदाइ कार्यक्रम गर्नका लागि केन्द्रीय प्रशासनिक केन्द्रमा लागेको ताला तत्काल खोलेर सहयोग गर्न अपिल गरिन्छ ।’

तर, विश्वविद्यालयको ताला भने खुलेन् । आफनो कार्यकालको अधिक समय सुरक्षाकर्मीको घेराभित्र निवासमा बिताएका उपकुलपति सिंह सोमबार पनि निवासमै थिए ।

वीरेन्द्रनगर(८, आवास क्षेत्रमा रहेको उनको निवास परिसरमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको थियो । फूलमालासहित उनको बिदाइमा जानुपर्ने विद्यार्थी र प्राध्यापकहरु आन्दोलनको तयारीमा थिए ।

उपकुलपति जानुपूर्व केही नियुक्ति, सरुवा, बुढुवाको निर्णय हुँदैछ भन्ने सुइको पाएका प्राध्यापकरउपपा्रध्यापकहरु आफूनिकट राजनीतिक दलका विद्यार्थी नेताहरुलाई बोलाएर आन्दोलनमा उत्रिएका थिए ।

चार वर्षे कार्यकाल सकिनुपूर्व पत्रकार सम्मेलन गरेर बिदाइ हुन लागेका उपकुलपति सिंहले सोमबार दिउँसो १२ः३० बजे पत्रकार सम्मेलन राखेका थिए ।

आन्दोलनले उग्ररुप लिने देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीको नेतृत्वमा प्रहरी तैनाथ गरिएको थियो ।

सिंहको पत्रकार सम्मेलनका लागि पुगेका पत्रकारहरु रित्तो हात फर्किए । तर, उक्त पत्रकारसम्मेलन बेलुका ६ बजेतिर पुनः बोलाइयो

बेलुका अवस्था झन् तनावग्रस्त थियो । भित्र पत्रकार सम्मेलन भइरहँदा बाहिर सिंहविरुद्ध चर्को नाराबाजी चल्यो । विरोधकै बीच सिंहले आफ्नो कार्यकालमा भएका गतिविधिहरु सार्वजनिक गर्दै पत्रकार सम्मेलन बिट मारे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group