काठमाडौं १७ फागुन । सांसद सर्वेन्द्रनाथ शुक्लाले व्यापारीहरूलाई राष्ट्रिय दुष्मन नभई राष्ट्रिय मित्र सोचेर कानुन बनाउन आवश्यक रहेको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै शुक्लाले भने व्यापारीलाई मित्रवत् भावनाअनुसार नै कानुन बनाउनुपर्छ । त्यसपछि अर्थतन्त्र सुध्रिन्छ । अहिले अर्थतन्त्र बाह्य देशमा सरिरहेको छ, यसलाई रोक्नुपर्छ ।
कानुनी र कार्यान्वयनको सुधार सन्तुलित रूपमा अघि बढाउनुपर्ने भन्दै उनले सुधारको पक्ष निजी क्षेत्र भएकाले संस्थागत रूपमा विश्वासमा लिएर जानुपर्ने बताए ।
उनले भने जबसम्म नेपाल भारत वारि र पारिको मूल्यमा ठुलो भिन्नता रहन्छ, यसले नेपालको राजस्वमा असर गर्छ । हाम्रो राजस्वमा अचाक्ली वृद्धि छ, त्यसैले सीमा राजस्व चुहावट रोक्न मूल्यमा तात्त्विक भिन्नता हुनुहुँदैन, राजस्व पनि व्यवहारिक बनाउनुपर्छ । परराष्ट्र नीति र आर्थिक नीतिमा दलहरूको समान धारणा हुनुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस्