ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुग्ध उत्पादक कृषक आन्दोलित


एबीसी न्यूज
१७ फाल्गुन २०८०, बिहिबार   २ : १३   बजे

काठमाडौं १७ फागुन । तनहुँका दुध उत्पादक कृषकहरु आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलित भएका छन् । तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडको अगुवाइमा जिल्लाका दुध उत्पादक कृषकहरूले पृथ्वीराजमार्ग अवरुद्ध गरेका हुन् ।

कृषकहरुले तनहुँको सदरमुकाम दमौलीको भोर्लेटार चोकमा बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा राजमार्ग अवरुद्ध गरेका छन् ।

मिल्क होलिडे बन्द गर्नुपर्ने, आयातित दुध तथा दुग्धजन्य पदार्थलाई पूर्णरुपमा बन्द गराई स्टक रहेको दुग्धजन्य पदार्थ नेपाल सरकारको कूटनैतिक पहलद्वारा अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरणको प्रबन्ध गर्नेपर्ने, दुग्ध उत्पादक कृषकलाई यस पेशामा जोगाइराख्न कृषि कर्जा अनुदान कार्यक्रम विगतका वर्षमा झैं यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग राखी कृषकहरु आन्दोलनमा उत्रिएका छन् ।

 

यस्तै, लागत मूल्य घटाउने कार्यक्रममा लिटर अनुदान कम्तीमा ५ रुपियाँ लागु गर्नुपर्ने, पशु आहार पशु औषधीसम्बन्धी पशुपालनसँग सम्बन्धित वस्तुको मूल्य राज्यले अविलम्ब नियन्त्रण गर्नुपर्ने, बिमा कार्यक्रमलाई प्राथमिकतामा राखी बिमाको रकम उपलब्ध गराउन बिमा रकम भुक्तानी सहज बनाउनुपर्ने, निर्यातित दुग्धजन्य पदार्थहरुमा अनुदानको व्यवस्था अविलम्ब गर्नुपर्ने र दुध तथा दुग्धजन्य पदार्थ निर्यातको लागि खोरेतलगायतका रोगको उन्मूलन गर्नुपर्ने माग कृषकको छ ।

कृषकको माग पूरा गर्न फागुन १४ गते जिल्ला प्रशासन कार्यालयमा धर्नासहित ज्ञापनपत्र बुझाइएको भए पनि सरकारले सुनुवाइ नगरेकोले आन्दोलन गर्नुपरेको दुग्ध उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष अम्मरबहादुर कुँवरले बताउनुभयो । तनहुँका कृषकले मात्रै पाँच करोड रुपियाँ भुक्तानी लिन बाँकी रहेको र देशैभरका कृषकहरुले आठ अर्ब रुपियाँ भुक्तानी लिन बाँकी रहेकोले दुग्ध उत्पादक सहकारी सङ्घसँग आबद्ध ६४ जिल्लाका कृषकहरु आन्दोलनमा उत्रिनुभएको अध्यक्ष कुँवरले बताउनुभयो ।

किसानको उत्पादनको बजारीकरण राज्यले गर्नुपर्ने भए पनि वास्ता नगरेकोले आन्दोलनमा उत्रिएको व्यास नगरपालिका(१० का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो । तनहुँ सहकारी सङ्घका अध्यक्ष प्रदीपराज अधिकारीले कृषकको समस्या समाधान गर्नुपर्छ भनेर ऐक्यबद्धताका लागि आन्दोलनमा आएको बताउनुभयो । अधिकारीले भन्नुभयो, ूदुधमा आत्मनिर्भर हुने अवस्था आइरहेको बेला त्यसलाई व्यवस्थापन गर्न सरकारको ध्यान पुगेको छैन, दलालको चङ्गुलमा फसेर कृषक मर्कामा परेकाले आन्दोलन गर्नुपरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group