ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खगराज भट्ट- साधारण सदस्य कायम रहेसम्म पार्टी छाड्दिन


एबीसी न्यूज
१८ फाल्गुन २०८०, शुक्रबार   १ : ०८   बजे

काठमाडौं १८ फागुन । सुदूरपश्चिम माओवादी संसदीय दलका नेता र पार्टी जिम्मेवारीबाट हटाइएका नेता खगराज भट्टले साधारण सदस्य कायम रहेसम्म पार्टी नछाड्ने बताएका छन् । हावादारी तर्कमा विश्वास गर्नेले चलाएको हल्लामा कुनै सत्यता नभएको उनले स्पष्ट पारे ।

‘यो पार्टीमा हाम्रो रगत पसिना बगेको छ । जसले पार्टीको परिधिभन्दा बाहिर आफ्नो स्वार्थका लागि पटक पटक सीमा नाघेको छ । ती नै व्यक्तिले चलाएको हल्ला हो’, साधारण सदस्य प्रचण्डले राख्दासम्म यो पार्टी छोडेर जानेवाला छैन । पार्टी सदस्य नै कायम रहेन भने त्यसपछि केही भन्न सकिन्न’, उनले भने ।

अहिलेको समस्या प्रदेश इन्चार्ज वा माननीयसँग नभई पार्टी नेतृत्वसँग भएको र नेतृत्वको गलत प्रवृत्तिविरुद्ध आफूले बोल्न पनि छोड्दैन भट्टले बताए । बुधवार सम्पन्न माओवादी स्थायी समितिले सङ्घ र प्रदेशमा सांसद रहेकालाई पार्टीको जिम्मेवारी नदिने निर्णय गरेको थियो ।

सुदूरपश्चिममा संसदीय दलको नेतृत्व परिवर्तनको निर्णय पार्टीको पद्धतिगत दृष्टिले गल्ती भएको ठहर गरिएको थियो । सो निर्णयमा सहभागी नेताहरूको कडा आलोचना गर्दै आगामी दिनमा यस प्रकारका गल्ती नदोहोर्‍याउन सचेत गराउने निर्णयसहितको परिपत्र पठाएको छ ।

तर उनले पार्टीको परिपत्रलाई महाभारतमा धृतराष्ट्रले दुर्योधनलाई कारबाही नगरेको प्रसङ्गसँग जोडेका छन् । भर्खर सुदूरपश्चिमको इन्चार्ज भएका गिरिराजमणि पोखरेलले पार्टीको निर्णय मानेर जाऊँ भन्ने प्रस्ताव गरेको तर निर्णय मान्न नसकिने जवाफ दिएको उनले बताए ।

‘धृतराष्ट्रले दुर्योधनलाई कहिल्यै सजाय दिँदैन भनेजस्तै हो । हामी नाता गोता परेनौँ’, उनले भने, ‘इन्चार्जसँग बिहीबार कुरा भयो । पार्टीको निर्णय मानेर जाऊँ भन्नुभयो । मैले मान्दिन भने ।’

११ सदस्य संसदीय दलमा माघ १२ गते बहुमत सदस्यले भट्टलाई दलको नेताबाट हटाएर प्रमुख सचेतक मानबहादुर धामीलाई नेता बताएको थियो । त्यसअघि बहुमत सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी भट्टलाई हटाउनुपर्ने माग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सम्बन्धित

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu