ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद‍्मा सुलसुले शैलीमा आईएनजीओहरुको बिगबिगी


एबीसी न्यूज
१८ फाल्गुन २०८०, शुक्रबार   ३ : ३८   बजे

काठमाडौं १८ फागुन । कानुन निर्माणको थलो संघीय संसद‍्मा विदेशी दातृ संस्थाहरूको चासो र सक्रियता बढ्दो छ । संसद‍् बैठकनै छलेर माननीयहरु अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले चलाएको छलफलमा सहभागी हुने क्रम बढेको छ । पछिल्लो उदाहरण बनेको छ, गैरसरकारी संस्था यूनेस्को र इन्टर पार्लियामेन्टरी युनियनले आयोजना गरेको कार्यशाला ।

शुक्रवार संसद‍् बैठक छोडेर उपसभामुख इन्दिरा रानाको नेतृत्वमा २५ जना सांसद भक्तपुरको नगरकोटस्थित सो कार्यशालामा भाग लिन गएका छन् । दुई दिने कार्यशालामा नेपालको अभिव्यक्ति स्वतन्त्रताको लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता, पहुँच, सूचना, गोपनीयता र पत्रकारहरूको सुरक्षाका विषयमा आइपियू मानव अधिकार कार्यक्रमका प्रबन्धक रोजियर हुईजेंगा, आयरल्याण्डका सांसद जेम्स ललेस, अभिव्यक्ति स्वतन्त्रता, मिडियामा अन्तर्राष्ट्रिय कानुनी विशेषज्ञ जोन बरता मीर र यूनेस्कोका अभिव्यक्ति स्वतन्त्रता र सुरक्षा शाखाको प्रमुख गुइलर्हेम कनेलाले प्रशिक्षण दिइरहेका छन् ।

कार्यशाला नेपाल मिडिया काउन्सिल विधेयक, राष्ट्रिय आम सञ्चार विधेयक र सामाजिक सञ्जाल नियमन र व्यवस्थापन विधेयक केन्द्रित छ ।

युनेस्कोले विधेयकका प्रावधानहरु अभिव्यक्ति स्वतन्त्रताबारे अस्पष्ट रहेको, मिडिया नियमनमा ध्यान केन्द्रित भएको, थप संगठित र जबाफदेही मिडिया वातावरण प्रवर्द्धन गर्ने उद्देश्यमा चिन्ताहरू बाँकी रहेको बताउँदै आएको छ । विधेयकमाथि अझै सरोकारवालाबिच खुला छलफल नभएको युनेस्कोको भनाइ छ ।

अभिव्यक्ति स्वतन्त्रता, सूचनामा पहुँच, गोपनीयताको बुझाइ, अन्तर्राष्ट्रिय मानवअधिकारका मापदण्डहरूको आधारमा कार्यक्रम तयार गर्न, समीक्षा गर्न, मौलिक अधिकारहरूलाई समर्थन गर्ने कानुन, नीतिहरू र प्रक्रियाहरू कार्यान्वयन गर्न र नेपालमा थप खुला, लोकतान्त्रिक र पारदर्शी समाज निर्माणमा कार्यशाला उपयोगी हुने संस्थाको भनाई छ ।

यसरी सांसदहरू अनेक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कार्यक्रममा भाग लिने क्रम बढे पनि त्यसको रेकर्ड संसद‍् सचिवालयसँग छैन । न त कुनै सम्झौता नै भएको छ ।

संसद‍् सचिवालय भन्छस् सम्झौता छैन

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९युएनडिपी० बाहेक संघीय संसद‍् सचिवालयसँग सम्झौता गरेर कुनै पनि दातृ निकायले काम गरेको रेकर्ड छैन । यद्यपि संसद‍ीय मामिला सम्बन्धमा बेला–बेलामा कार्यक्रम गर्ने युएनडिपीले कति खर्च गर्छ भन्नेबारे औपचारिक जानकारी नरहेको संसद‍्को अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाका उपसचिव प्रदीप गुरागाईँ बताउँछन् ।

 

संघीय संसद‍्का प्रवक्ता एकराम गिरी भन्छन्–‘युएनडिपीको पिएसपी कार्यक्रम गर्ने सम्झौता भएको छ । यसबाहेक कुनै पनि अन्तर्राष्ट्रिय संघ संस्थासँग सहकार्यको सम्झौता गरिएको छैन ।’

यद्यपि विषयगत संसद‍ीय समितिहरूले सरकारी र गैर सरकारी संघ संस्थाहरूसँग सहकार्य गर्न सक्ने बताए ।

उनले भने, ‘नीति निर्माणमा प्रभाव पार्नु हुँदैन भन्ने मान्यता छ । ज्ञान लिने हदसम्म कार्यक्रम गर्नुहुँदैन भनिएको छैन ।’

गैरसरकारी संस्थाहरूको चासो संविधान सभाका बेला झन् धेरै थियो । अहिले घटेको छ ।

प्रतिनिधि सभा, कानुन न्याय तथा मानव अधिकार समितिका सचिव अधिराज राईले समितिले आएनजीओसँग मिलेर कुनै कार्यक्रम नगर्ने बताए ।

राईले भने, ‘गैरसरकारी संस्थाका धेरै अनुरोधहरु आउँछन्, समितिले हाम्रो कार्यक्षेत्र होइन भनेर फर्काउँछ ।’

सभामुखले बोले, कार्यान्वयन भएन

 

सभामुख देवराज घिमिरेले संघीय संसद‍्् अन्तर्गत रहेका सबै संसद‍ीय समितिका सभापतिसँग गत माघ ७ गते छलफलका क्रममा संसद‍ीय समितिहरूमा विभिन्न गैरसरकारी संस्थाको प्रवेशबारे चासो र चिन्ता प्रकट गरेका थिए ।

गैरसरकारी संस्थाहरूले आफ्नो स्वार्थ अनुसार समितिहरूलाई सिधै सहयोग प्रस्ताव गर्ने चलन बदलेर एकद्वार नीति बनाउने कुरा भयो । यद्यपि यो प्रक्रिया अझै सुरु गरिएको छैन ।

सांसदको ज्ञानको दायरा बढेको छ

प्रतिनिधि सभा, महिला तथा सामाजिक मामिला समितिले गैरसरकारी संस्थासँग मिलेर एक वर्षमा ६ वटा कार्यक्रम गर्‍यो ।

समितिका सभापति किरण कुमार साहले रातोपाटीसित भने, ‘संघ संस्थाहरूले जनचेतनामूलक कार्यक्रम गरिरहेका छन्, सांसदहरूलाई प्रशिक्षित गर्ने तरिकाले उहाँहरूले कार्यक्रम गर्नुभएको छ । मैले भन्दै आएको छु सचेत र प्रशिक्षित भएरै माननीयजीहरू आउनुभएको छ, उहाँहरूलाई भन्दा पनि ग्राउन्ड जिरोमा गएर कानुन कार्यान्वयनको सन्दर्भमा, लैङ्गिक विभेदका सन्दर्भमा होस या अपाङ्गता भएका होस, बालबालिका वा ज्येष्ठ नागरिकको विषयमा होस यस्ता विषयमा माननीयहरूसँग थ्री स्टार फोर स्टार होटेलमा माननीयजीसँग अन्तर्क्रिया गरेर भएन, यो विषयलाई आम जनता समक्ष लानुप(यो भन्दै आएको छु ।’

 

कार्यक्रमहरूमा नागरिकता, ऐन बमोजिमको कार्यविधि, लैङ्गिक विभेद, महिला अधिकार, कानुनमा संशोधन, विधेयक तर्जुमा जस्ता विषयमा छलफल हुने गरेको उनले बताए ।

यस्ता कार्यक्रमले माननीयहरूको ज्ञानको दायरा बढाएको उनको भनाइ छ । कतिपय कार्यक्रममा सभामुख नै सहभागी हुने गरेका छन् ।

सुलसुले ढंगले आईएनजीओ सक्रिय

कांग्रेसका सांसद श्यामकुमार घिमिरे नेपालको कानुन निर्माणमा आईएनजीओको प्रभाव पर्नुलाई सामान्य ठान्छन् । अहिलेको संविधान नै विदेशी आईएनजीओको प्रभावमा बनेको जिकिर गर्दै उनले भने, ‘हामीले जुन ढंगको संविधान निर्माण गरेका छौँ, त्यो समावेशीताका नाममा, संघीयताका नाममा, नागरिक अधिकारहरूका सवालमा सबैतिर आईएनजीओहरुको प्रभाव देखिन्छ ।’

विधेयकको मस्यौदा र संसद‍्मा बिधेयकमाथि संशोधनमा समेत विदेशी संंघसंस्थाको भूमिका खेल्छन् ।

‘कुनै विधेयकमा संशोधन दर्ता गर्ने क्रममा फरक दलका फरक फरक सांसदहरुले जब एउटै ढाँचा, एउटै शब्दमा संशोधन दर्ता गर्छन् तब त्यहाँ आईएनजीओले खेलेको रहेछ भन्ने थाहा हुन्छ’ उनले भने । विद्यालय शिक्षासम्बन्धी विधेयकमा यस्तै प्रभावका कारण १५२ वटा संशोधन परेको छ ।

गैरसरकारी संस्थाबाट नीति निर्माता प्रभावित हुन नहुने उनको मान्यता छ । ‘उनीहरूको पैसाले विदेश जानुहुन्छ, उनीहरूको पैसाले होटेलमा बस्नुहुन्छ, उनीहरूको पैसाबाट भत्ता लिनुहुन्छ भने त स्वाभाविक नै उनीहरूको प्रभाव पर्छ नै । त्यसो हुनु भएन’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group