ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आंशिक शिक्षकद्वारा मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी


एबीसी न्यूज
१८ फाल्गुन २०८०, शुक्रबार   ३ : ४१   बजे

काठमाडौं १८ फागुन ।  मध्यपश्चिम विश्वविद्यालयका आंशिक शिक्षकहरुले केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरुमा तालाबन्दी गरेका छन् ।

आंशिक शिक्षकहरुलाई अविलम्ब करारमा नियुक्ति गर्नुपर्ने लगायतका माग राख्दै शुक्रबार बिहान शिक्षकहरुले तालाबन्दी गरेका हुन् ।

केन्द्रीय कार्यालयको मुलढोका, विस्तारित कार्यालय र केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरुमा तालाबन्दी गरिएको आन्दोलनरत आंशिक शिक्षक श्याम थापाले जानकारी दिए । ‘हामी लिखित, मौखिक सबै प्रक्रिया पूरा गरेर पढाउन थालेको १० वर्ष बित्यो । सेवा आयोगले पनि परीक्षा पनि लिएको छैन्,’ थापाले भने, ‘त्यसैले हामी आन्दोलिन हुँन बाध्य भयौं । हाम्रा मागहरु पूरा नभएसम्म चरणबद्ध आन्दोलन थाल्छौं ।’

उनका अनुसार मप विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मात्रै ३२ जना आंशिक शिक्षक रहेका छन् । उनीहरुलाई अविलम्ब करार उपप्राध्यापकमा नियुक्ति गरिनुपर्ने मागसहित पठनपाठन नै बन्दर गरेर आन्दोलनमा उत्रिएको थापाले बताए ।

शिक्षकहरुले आफनो समस्यालाई सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला पक्षहरुलाई अनुरोध समेत गरेका छन् ।

उपकुलपति नन्दबहादुर सिंहले विश्वविद्यालयबाट बाहिरिदै गर्दा फागनु १५ गते आफ्नै निवासभित्र कोरम पुग्ने गरी कार्यकारीको अन्तिम बैठक बसालेर व्यापक नियुक्ति, सरुवा, बढुवा एवंम अन्य निर्णयहरु समेत गरेको आंशिक शिक्षकहरुको आरोप छ ।

‘अन्तिम बैठकबाट व्यापक नियुक्ति, सरुवा, बढुवा एवंम अन्य निर्णयहरु भएको भनेर सुनिएको र सो निर्णयहरुमा उपकुलपतिज्यू एवंम् कार्यकारी सदस्यहरुको स्वार्थकेन्द्रित केही निकटतस्थ आंशिक शिक्षकहरुलाई मात्र करार नियुक्ति दिइएको भन्ने अपुष्ट समाचार आइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त निर्णयबारे हामीले बारम्बार आधिकारिक निकायहरुमा बुझ्दा केही जानकारी नभएको भन्ने गैरजिम्मेवार जवाफ दिएकाले हामी मर्माहित भएका छौं ।’

झुटो आश्वासन र बन्द कोठाभित्रको स्वार्थ केन्द्रित निर्णयहरुले आफूहरुलाई आन्दोलित बनाउन बाध्य बनाएको आंशिक शिक्षकहरुले बताएका छन् ।

शुक्रबार दिउँसो ४ बजे विभिन्न प्रध्यापक संगठनसंग समन्वयात्मक छलफल गर्ने र थप आन्दोलनका कार्यक्रम घोषण गरिने शिक्षक थापाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group