ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश गृहमन्त्रीहरुकाे समन्वय बैठक सम्पन्न, छिटोभन्दा छिटो प्रहरी समायोजन गर्नुपर्नेमा जाेड


एबीसी न्यूज
१९ फाल्गुन २०८०, शनिबार   ८ : १४   बजे

सुर्खेत, १९ फागुन  । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन(गृह) मन्त्रीहरुकाे समन्वय बैठक सम्पन्न भएको छ । शनिबार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जि.सी.काे अध्यक्षतामा बसेकाे बैठकमा प्रदेश प्रहरी समायोजनकाे विषयमा छलफल भएको हो । त्यस्तै, प्रदेशको शान्ति, सुरक्षाको अवस्थाकाे सम्वन्धमा अनुभव आदानप्रदान समेत भएको छ । बैठकमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जि.सी. सहित बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ र सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टकाे उपस्थिति रहेको थियो । बैठकमा मधेश प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादव, कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव घिमिरे र सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशील बैध्यकाे समेत उपस्थिति रहेको थियो । बैठकले नेपाल सरकार गृह मन्त्रालयसँग समन्वय गरि आगामी चैत्र महिनाको पहिलो हप्ता बागमती प्रदेशमा प्रदेश प्रहरी समायोजन लगायतका विषयमा थप छलफल गर्न पुनः समन्वय बैठकको आयोजना गर्ने निर्णय गरेको छ । बैठकमा बाेल्दै मन्त्रीहरुले छिटोभन्दा छिटो प्रदेश प्रहरी समायोजन गर्नुपर्नेमा जाेड दिएका बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu