ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ


एबीसी न्यूज
२० फाल्गुन २०८०, आइतबार   १ : ४५   बजे

काठमाडौं, २० फागुन ।  भक्तपुरमा फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न भक्तपुरका २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

फागुन १० गते तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर २ घर भइ हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३३ को गोपाल ढकालकी श्रीमती रेणु ढकालले आफ्नो श्रीमान् हराएको र श्रीमान् चाहिए सूर्यविनायक जंगलमा दुई लाख लिइ आउनू भन्दै आफूलाई फोन आएको भनेर प्रहरी वृत्त जगातीमा सूचना दिएकी थिइन् ।त्यसपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा ११ गते भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर–८ स्थित रोदन बस्नेतको गोठमा निज गोपालप्रसाद ढकाल मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

परिसरका प्रहरी निरीक्षक निर्मल थापाले घटनामा संलग्न जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका ६ का वर्ष २९ को सन्तोष सुवाल रहेको बताए ।खोजतलासका क्रममा शनिबार उनलाई काभ्रपलाञ्चोक मण्डनदेउपुर ६ मा पक्राउ गरिएको प्रहरीको भनाइ छ । सुवालको साथबाट मृतक ढकालको मोबाइल र ज्याकेट बरामद गरेको पनि प्रहरीको भनाइ छ । प्रहरी निरीक्षक थापाले भने, घटनाको अनुसन्धान गर्दै जाँदा उक्त घटनामा संलग्न जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका ६ का प्रेमबहादुर सुवालको छोरा वर्ष २९ को सन्तोष सुवाल रहेको भन्ने कुरा सुन्न आयो ।

खोजतलासका क्रममा शनिबार निजलाई काभ्रपलाञ्चोक मण्डनदेउपुर ६ मा पक्राउ गरिएको छ । उनी बाइक मेकानिक रहेछन् । उनको साथबाट मृतकको मोबाइल र फोटोमा देखिएको ज्याकेट बरामद गरेका छौँ । यसअघि चोरी सम्बन्धी कसुरमा २०७८ मा मुद्दा चलेको र २०७५ मा अभद्र व्यवहारको मुद्दा चलेको रहेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu