ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनलाइनमार्फत ५० लाख रुपैयाँ ठगी गर्ने चार जना काठमाडौँबाट पक्राउ


एबीसी न्यूज
२० फाल्गुन २०८०, आइतबार   २ : २२   बजे

काठमाडौं २० फागुन । अनलाइनमार्फत झण्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट चार युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका( ४ घर भई हाल काठमाडौँको पुरानोबानेश्वर बस्ने २१ वर्षीय आदित्यकुमार सिंह, सोही ठाउँका २० वर्षीय सिद्धार्थकुमार सिंह, बाराको कलैया उपमहानगरपालिका( ११ घर भई हाल भक्तपुरको गठ्ठाघरमा डेरा गरी बस्ने २२ वर्षीय रामसेवक राम र पर्साको वीरगन्ज महानगरपालिका( १५ घर भई भक्तपुरको गठ्ठाघर बस्दै आएका २४ वर्षीय आकाश साह सोनार छन्।

उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेर नेपाल प्रहरीको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको हो।
उनीहरुले फेसबुक, ह्वाट्सएप, ईमो, भाइवर, टिकटक, इन्ट्राग्राम लगायतका सामाजिक सञ्जालको प्रयोग गरेर अनलाइन ठगी गरेको उजुरीको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

‘उनीहरुले अहिलेसम्म ४९ लाख ५८ हजार आठसय रुपैयाँ गठी गरेको उजुरी परेको छ,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले भने, ‘उनीहरुविरुद्ध अहिलेसम्म पाँच जनाले उजुरी गरेका छन्। घटनाको सम्बन्धमा हामीले थप अनुसन्धान गरिरहेका छौँ।’

उनीहरुले सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिसँग सम्पर्क स्थापित गरेर महँगा मूल्यका मोवाइल, आईफोन, सुनका गहना, जुत्ता र कपडा विदेशबाट मागाइदिने, विदेशमा आकर्षक तलबसहितको जागिर लगाइदिने लगायतका प्रलोभनमा पारेर ठगी गर्दै आएका प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनीहरुको साथबाट सात थान मोवाइल सेट, १६ थान सिमकार्ड, २१ थान विभिन्न बैंकका एटीएम कार्ड, १६ थान विभिन्न बैंकमा रकम डिपोजिट गरेका रसिद, ४ थान चेक, राहदानी, सवारी चालक अनुमति पत्र, नागरिकताको प्रमाणपत्र लगायतका कागजातसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu