ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टर दुर्घटना, १३ को मृत्यु


admin
६ फाल्गुन २०७४, आइतबार   ३ : १७   बजे

मेक्सीको, ६ फागुन ।  मेक्सिकोको दक्षिणी क्षेत्रमा एकजना मन्त्रीसमेत सवार हेलिकोप्टर शनिबार दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा गएको शक्तिशाली भूकम्पको केन्द्रविन्दुतर्फ गइरहेका बेला दुर्घटना भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । ओक्साका राज्यको स्यान्टियागो जामिल्टेपेकमा हेलिकोप्टर दुर्घटना भएको हो ।

गत शुक्रबार अवेर राति ७.२ म्याग्नीच्युडको भूकम्प जाँदा ठूलो मात्रामा भौतिक क्षति भएको छ ।

दुर्घटनामा परी पाँच महिला, चार पुरुष र तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको ओक्साकाका अधिकारीहरुले बताएका छन् ।

युएच—६० ब्ल्याक हक नामक सो सैन्य हेलिकोप्टरमा मेक्सिकोका आन्तरिक मामिलासम्बन्धी मन्त्री अल्फोन्सो नाभर्रेटे र ओक्साका राज्यका गभर्नर अलेजान्द्रो मुरात पनि रहनुभएको थियो ।

तर मन्त्री र गभर्नर भने सकुशल रहनुभएको सो मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
भूकम्पका कारण सो क्षेत्रमा ५० ओटा घरसँगै सभाहल र केही चर्च पनि ध्वस्त भएका छन् । तर अहिलेसम्म मानवीय क्षतिको खवर भने आएको छैन ।

ओक्साका राज्यका अधिकारीहरुले भूकम्प प्रभावितहरुका लागि शिविरहरु स्थापना गरेका छन् भने उनीहरुलाई आपतकालिन सहयोगका लागि झण्डै छ हजार सैनिक र प्रहरी पनि परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu