ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ प्रतिशत बढ्यो नेप्से- तीन पटकको सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित


एबीसी न्यूज
२१ फाल्गुन २०८०, सोमबार   १ : ५४   बजे

काठमाडौं २१ फागुन । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सोमबार तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेको छ । ३ पटक सर्किट ब्रेक लागेपछि यस दिनका लागि कारोबार नै स्थगित भएको छ ।

कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

२० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत ९थप १ प्रतिशत विन्दु० अर्थात् ९८ अंक बढेपछि दोस्रो सर्किट लागेको थियो । दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो । १२ स् ०४ बजे खुलेको बजारमा तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार स्थगित भएको हो । समग्रमा सोमबार बजारको परिसूचक नेप्से ६ प्रतिशत अर्थात् ११७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०७८ अंकमा कायम भएको छ ।

थोरै समय कारोबार भएकाले दिनभर जम्मा ३७ करोड ५२ लाख रुपैयाँको कारोबार भयो । २३० कम्पनीको मूल्य बढ्यो भने २ कम्पनीको मात्रै घट्यो । बैंकिङ ५।९, विकास बैंक ६।४, फाइनान्स ६।१, होटल तथा पर्यटन ५।५, हाइड्रोपावर ७।८, लगानी ६।४, जीवन बीमा ६।३, उत्पादन ५।१, माइक्रोफाइनान्स ३।०, निर्जीवन बीमा ४।३, अन्य ६।७ र ब्यापार समूह ३।६ प्रतिशत बढे ।

रिडी पावर, शिवश्री हाइड्रोपावर, राप्ती हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, मोलुङ हाइड्रोपावर, ङादी ग्रुप क्रमशः अगाडि रहे ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu