ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेससँगको गठबन्धन औपचारिक रुपमा टुट्यो


एबीसी न्यूज
२१ फाल्गुन २०८०, सोमबार   २ : ५१   बजे

काठमाडौं २१ फागुन । नेपाली कांग्रेससँगको सत्ता गठबन्धन औपचारिक रुपमा टुटेको छ। सत्तारुढ माओवादी केन्द्रसँग राष्ट्रिय सभा निर्वाचन र मन्त्रिमण्डल पुनर्गठनमा सहमति जुट्न नसक्दा अहिलेको गठबन्धन टुटेको हो।

राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दबाब बढाएपछि कांग्रेससँगको गठबन्धन कमजोर बनेको थियो। सोही बीचमा एमालेले माओवादीसहितको नयाँ गठबन्धनको प्रस्ताव अघि सारेको थियो।

कांग्रेस सहमत हुन नसकेपछि प्रचण्डले पुनः एमालेसँगकै सत्ता सहकार्य अघि बढाउने निर्णय गरेका हुन्। स्रोतका अनुसार आजै नयाँ मन्त्रिमण्डल पुनर्गठनको तयारी भइरहेको छ। गठबन्धनमा आबद्ध दलहरूबाट एकरएक जना मन्त्री बनाएर सानो आकारको मन्त्रिमण्डल गठनको तयारी भइरहेको माओवादीका एक पदाधिकारीले जानकारी दिए।

‘नयाँ गठबन्धन बन्ने पक्का भयो,’ उनले भने, ‘एमाले तयार छ। कांग्रेस हिजोसम्म धेरै कडक थियो, आज लचकदार देखिएको छ।’

ती पदाधिकारीका अनुसार वामपन्थी एकतालाई उद्देश्य राखेर जानुपर्छ भन्ने मत अहिले बन्न लागेको नयाँ गठबन्धनबाट प्राप्त भएको छ। ‘वामपन्थीकै भूमिका बनोस् भनेर कुरा भयो,’ उनले भने।

नयाँ गठबन्धन बनाएपछि आइपर्ने समस्या बुझेर मात्रै बाँकी मन्त्री पुनर्गठनको तयारी अघि बढाइएको ती नेताले बताए।

नयाँ गठबन्धन बन्ने भएपछि नेपाली कांग्रेसले पनि छलफल अघि बढाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले पूर्वपदाधिकारी र पदाधिकारी बोलाएर छलफल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu