ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर एक अर्ब मानिसमा मोटोपनको समस्या


एबीसी न्यूज
२१ फाल्गुन २०८०, सोमबार   ३ : ०७   बजे

काठमाडौं २१ फागुन । अहिले विश्वभर नै मोटोपनबाट पीडित हुनेको संख्या बढिरहेको छ । यसमा व्यस्त जीवनशैली र बदलिंदो खानपान मुख्य कारण हुन् । मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित एक अनुसन्धानअनुसार विश्वभर मोटोपनबाट पीडितको संख्या एक अर्बभन्दा बढी छ । जसमध्ये वयस्कको संख्या ८८ करोड र बालबालिकाको संख्या १५ करोड ९० लाख छ ।

महिलामा मोटोपनको दर उच्च भएको देशमा दुई ओसनिया मुलुक टोङ्गा र सामोआ छन् भने पुरुषमा तीव्र रुपमा मोटोपन बढिरहेका देशमा सामोआ र नाउर छन् । यी मुलुकमा ७० देखि ८० प्रतिशत पुरुष मोटोपनको सिकार भएका छन् ।

पुरुषमा मोटोपन तीव्र रुपमा बढिरहेको देशमा बेलायत ५५ औं स्थानमा छ भने महिलातर्फ यो ८७ औं स्थान छ । अमेरिका पुरूषमा मोटोपन छिटो वृद्धि हुने सूचीको १० औं छ भने महिलामा ३६ औं स्थानमा छ । भारतमा महिलातर्फ १९ र पुरुषतर्फ २१ औं स्थानमा छ । चीनमा महिलामा मोटोपनको दर ११ र पुरुषको दर ५२ औं स्थानमा छ ।

वैज्ञानिकहरुको टोलीले मोटोपनसँग लड्न नयाँ कदम चाल्नुपर्ने सुझाव दिएको छ । मोटोपनले मुटुरोग, टाइप २ मधुमेह र क्यान्सर जस्ता रोग निम्त्याउन सक्छ ।

बालबालिका र किशोरकिशोरीमा मोटोपन तीव्र

इम्पेरियल कलेज लण्डनका वरिष्ठ अनुसन्धानकर्ता माजिद इज्जतीका अनुसार धेरै देशमा मोटोपन बढ्नुको मुख्य कारण अस्वस्थकर खानपान हो । ‘केही अवस्थामा यो मार्केटिङ कम्पनीहरूको आक्रामक रणनीति हो, जसले अस्वस्थ खानालाई बढावा दिइरहेको,’ उनी भन्छन् ।

यसबाहेक कहिलेकाहीं स्वस्थ खानाको मूल्य महँगो हुँदा वा नपाउँदा पनि मानिस मोटोपन बढाउने खानेकुरालाई प्राथमिकता दिन बाध्य हुने उनी बताउँछन् ।

प्राध्यापक इजिप्टी लामो समयदेखि मोटोपनसम्बन्धी तथ्यांकको विश्लेषण गर्दै आइरहेका छन् । मोटोपनको बढ्दो गति र त्यसको बदलिंदो तस्वीर देखेर उनी अचम्भित छन् । अहिले धेरै देशले मानिसमा मोटोपन बढ्ने समस्याको सामना गरिरहेका छन् ।

अध्ययन प्रतिवेदनअनुसार सन् १९९० देखि २०२२ सम्म बालबालिका र किशोरकिशोरीमा मोटोपनको दर चार गुणाले बढेको छ । यो दर वयस्क महिलामा दोब्बर बढीले वृद्धि भएको छ भने वयस्क पुरुषमा तीन गुणा छ ।

यसैबीच, कम तौल भएका वयस्कको अनुपात ५० प्रतिशतले घटेको छ । तर गरिब मुलुकहरुमा अझै पनि यो समस्या रहेको अनुसन्धानकर्ताहरू बताउँछन् ।

कोभिड पनि मोटोपनको कारण

प्राध्यापक इजिप्टी भन्छन्, ‘जलवायु परिवर्तनको प्रभाव, कोभिड(१९ र युक्रेन युद्धजस्ता कारणले पनि बढी तौल र कम तौल दुवैको समस्या बढाएको छ । किनभने यी अवस्थाले गरिबी बढेको छ र मानिसहरू पौष्टिक खानाबाट टाढिएका छन् ।’

डब्लुएचओसँगको सहकार्यमा १५ सयभन्दा बढी अनुसन्धानकर्ताहरूको सञ्जालले पाँच वर्ष वा सोभन्दा माथिका २२ करोड मानिसको उचाइ र तौल नापेको थियो । यसका लागि बडी मास इन्डेक्स अर्थात् बीएमआईको सहयोग लिइएको थियो ।

बीबीसीबाट

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu