ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय मिडियाले नेपालको नयाँ गठबन्धनमा जोडे चीन


एबीसी न्यूज
२१ फाल्गुन २०८०, सोमबार   ४ : १८   बजे

काठमाडौं २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग बनाएको नयाँ गठबन्धनबारे भारतीय सञ्चार माध्यमले प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन् ।

कतिपयले राष्ट्रिय सभा अध्यक्षको विषयले नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको सहकार्य टुटेको लेखेका छन् भने कतिपयले चीनको भूमिकाका कारण गठबन्धन फेरबदल भएको जिकिर गरेका छन् ।

हिन्दुस्तान टाइम्सले राष्ट्रियसभा अध्यक्षको दाबीका कारण कांग्रेस र माओवादी केन्द्रको समीकरण टुटेको समाचार लेखेको छ । माओवादी केन्द्रले स्थायी समिति बैठकबाट राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको र कांग्रेसले पनि त्यसमा दाबी नछोडेकोले दुई दलबीचको सहकार्य अन्त्यको स्थितिमा पुगेको हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख छ ।

हिन्दुस्तान टाइम्सले सरकार फेरबदलमा प्रचण्ड माहिर रहेको पनि आफ्नो समाचारमा लेखेको छ ।

यस्तै द हिन्दूले प्रचण्डले कांग्रेससँगको १५ महिने सहकार्य तोड्दै एमालेको साथ लिएको समाचार लेखेको छ । निर्वाचनपछि एमालेकै साथ र सहयोगमा सरकार बनाएर पछि फेरि कांग्रेससँग सहकार्य गरेपछि ओली प्रचण्डका प्रखर आलोचक बनेको र हाल तीनै आलोचकको साथ प्रचण्डले खोजेको द हिन्दुको समाचारमा भनिएको छ ।

माओवादी केन्द्र र कांग्रेसको दुरी अर्थमन्त्री प्रकाशशरण महतको कार्यशैलीका कारण बढेको द हिन्दुमा समाचार छ । यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाले कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउन चाहेको विषयले पनि गठबन्धन संकटमा परेको समाचारमा भनिएको छ ।

यस्तै अमर उजालाले राष्ट्रियसभाध्यक्षकै विवादका कारण कांग्रेस र माओवादीको गठबन्धन टुटेको समाचार लेखेको छ । चितवनको भरतपुर पुगेर प्रचण्डले गठबन्धनमा खटपटको संकेत गरेको अमर उजालाको समाचारमा उल्लेख छ ।

यस्तै नवभारत टाइम्सले माल्दिभ्सपछि चीन नेपालमा पनि सरकार परिवर्तन गर्न सफल भएको समाचार छापेको छ । एमाले र माओवादी केन्द्रको गठबन्धन बनाउन चीन सपल भएको समाचार उसले लेखेको छ ।

नयाँ समीकरण बनाउन चिनियाँ राजदूतले भूमिका खेलेको त्यस समाचारमा उल्लेख छ । चीनका धेरै नेताहरुले वाम एकतामा जोड दिएको र त्यही चाहना अनुरुप नयाँ समीकरण बनेको नवभारत टाइम्सले जिकिर गरेको छ ।

उसले एमाले अध्यक्ष ओली भारतका प्रखर आलोचक रहेको र चीन समर्थक रहेको समाचारमा उल्लेख गरेको छ । प्रधानमन्त्री हुँदा ओलीले भारतप्रति विष वमन गरेको नवभारत टाइम्समा समाचार छ ।

इन्डियन एक्सप्रेसले करिब १७ महिनापछि वाम गठबन्धन बनेको उल्लेख गरेको छ । माओवादीले कंग्रेससँगको सम्बन्ध टुटाएसँगै १७ महिनापछि नेपालमा वाम सरकार सम्भव भएको समाचारमा भनिएको छ । पहिला पनि चीनको चाहनामा वाम गठबन्धन बनेकाले यसपटक पनि त्यो सम्भावना रहेको त्यहाँ इंगित गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu