ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले समीकरण फेरिएपछि कोशीमा माग्यो मुख्यमन्त्रीको राजीनामा


एबीसी न्यूज
२१ फाल्गुन २०८०, सोमबार   ५ : ०१   बजे

काठमाडौं २१ फागुन । काठमाडौंमा माओवादी केन्द्रसहितका दलसँग सत्ता समीकरण बनेपछि एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ ।

२७ असोजमा एमालेका ३९ सांसद र आफ्ना दलबाट बिद्रोह गरेका ८ सांसदको समर्थनमा कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री बनेका थिए ।

संविधानको धारा १६८९५० अनुसार नियुक्त भएका कार्कीलाई पछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिएको थियो । प्रदेशसभामा कार्कीले राप्रपाका ६ सांसदबाहेक अरुको विश्वासको मत पाएका थिए ।

तर सोमबार नयाँ राजनीतिक समीकरण बनेपछि एमालेले मुख्यमन्त्री कार्कीको राजीनामा माग गरेको हो । नेकपा एमाले कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री केदार कार्कीले तत्काल राजीनामा दिनुपर्ने बताए ।

‘अब माथिको गठबन्धन भत्किएपछि उहाँ अल्पमतमा पर्नुभयो, गठबन्धन भत्किएपछि उहाँले नैतिकताका आधारमा आजभोलि नै राजीनामा दिनुपर्छ,’ उनले भने,‘ अर्को सरकारका लागि प्रदेश प्रमुखले आह्वान गर्नुहुन्छ ।’

भण्डारीले प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनभित्र सल्लाह गरेर अघि बढ्ने बताए ।

नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान भएपछि गत असोज २६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोलाई कोशीको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो ।

तर नेपाली कांग्रेसका आठ सांसदसहित विद्रोह गरेका कार्कीलाई नेकपा एमालेले समर्थन गरेपछि उनले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बहुमत सांसद ४७ जनाको हस्ताक्षर बुझाएका थिए । कार्की मुख्यमन्त्री नियुक्त भएपछि एमाले पनि सहभागी भयो ।

तर मुख्यमन्त्री नियुक्तपछि कार्की सत्ता गठबन्धनमै फर्किए र माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुलाई पनि सरकारमा सामेल गरे । त्यसपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu