ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शंकर पोखरेल- गृह मन्त्रालय कसले लिने भन्ने छलफल सुरु भएको छैन, प्रधानमन्त्रीमा आलोपालो


एबीसी न्यूज
२२ फाल्गुन २०८०, मंगलबार   २ : ०९   बजे

काठमाडौं २२ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गृह मन्त्रालय कसले लिने भन्ने विषय छलफलका रूपमा विषय प्रवेश नै नभएको दाबी गरेका छन् ।

एमाले, माओवादी, रास्वपा र जसपा सम्मिलित चार दलको नयाँ गठबन्धनमार्फत मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य भइरहेका बेला गृह मन्त्रालय कसले लिने भन्ने चासो बढिरहेको छ । कतिपयले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र नेकपा एमालेबिच गृहमा विवाद भएको भनेर अड्कलबाजी गरिरहेका बेला महासचिव पोखरेलले मन्त्रालय बाँडफाँडमा विषय प्रवेश नै नभएको दाबी गरेका हुन् ।

‘अहिले मन्त्रालय बाँडफाँडमा विषय प्रवेश भैसकेको छैन’, महासचिव पोखरेलले भने,‘फलानाले गृह माग्यो, तिलानाले यो माग्यो भनेर बाहिर आएका प्रचार र दाबी दुवै झुटा हुन् ।’

महासचिव पोखरेलले शक्ति बाँडफाँड अघि कुन कुन पार्टी सरकारमा सामेल गर्ने भनेर नेताहरूबिच आन्तरिक छलफल भइरहेको छ । सरकारमा सहभागी दलको टुङ्गो लागेपछि बल्ल मन्त्रालय बाँडफाँडको विषय प्रवेश गर्छ । शक्ति बाँडफाँडका लागि चार दलमा बनेको कार्यदलका सदस्य समेत रहेका नेता पोखरेलले अहिलेसम्म चार दलबाहेक सरकारमा सहभागी हुन चाहने दलहरूको मनस्थिति बुझ्ने काम मात्र भएको बताए ।

‘सरकारमा सहभागी हुने दलको यकिन भएपछि मात्र कुन मन्त्रालय क–कसले पाउने भन्ने छलफलको विषय बन्छ’, उनले भने, ‘कसैले मनको कुरा मिडियामा सार्वजनिक गरेका हुन सक्छन् त्यो बेग्लै पाटो हो, त्यसले सत्य र तथ्य बोल्दैन ।’

नेता पोखरेलका अनुसार सोमबार ८ बुँदे सहमति गरेका बाहेक नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन आग्रह गरिएको छ । ‘एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन आग्रह गरिएको छ । उसले छलफल गरेर निर्णय दिने भनेकाले सम्भावना छ’, पोखरेलले भने, ‘त्यो बाहेकका अरू दलहरूसँग खासै छलफलका लागि चासो समेत राखिएको अवस्था होइन ।’

रास्वपाका उपाध्यक्ष समेत रहेका विना विभागीय मन्त्री डोलप्रसाद अर्याल डीपी० ले पनि मन्त्रालयबारे छलफल भैनसकेको बताए । उनले भने, ‘कुनै पनि मन्त्रालयबारे छलफल भइसकेको छैन, आज छलफल गरेर टुङ्गोमा पुर्‍याउने भन्ने कुराअनुसार नेताहरू छलफलमा जुट्दै हुनुहुन्छ’, अर्यालको भनाइ छ । चार दलका नेताहरूले मंगलबार दिनभरमा मन्त्रालय भागबन्डा टुङ्गो लगाउने बताउँदै आएका छन् । त्यसका लागि दलका नेताहरूले दुई पक्षीय र त्रिपक्षीय छलफल मंगलबार बिहानैबाट थालिसकेका छन् ।

प्रधानमन्त्रीमा आलोपालो

नेता पोखरेलले प्रधानमन्त्रीका हकमा पनि लिखित सहमति नभएको बताए । उनले अहिले प्रचण्डलाई नै निरन्तरता दिने त्यसपछिको दुई वर्ष एमालेले लिने मौखिक सहमति भएको बताए । ‘गठबन्धनको संस्कृति अनुसार पनि प्रधानमन्त्री आलोपालो गर्न सकिन्छ । तर अहिले नै त्यसमा पनि ठोस सहमति भैसकेको अवस्था होइन’, पोखरेलको भनाइ छ ।

महासचिव पोखरेलले यस्तो दाबी गरे पनि प्रधानमन्त्रीसहित केही मुख्य पदमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डबिच गोप्य सहमति भएको हुनसक्ने एक नेताले बताए । ‘उहाँहरूबिच केही न केही गोप्य सहमति भएको हुनसक्छ । तर त्यो सहमति दुई नेताबाहेक अरूलाई थाहा छैन’, एमालेका एक पदाधिकारीले भने,‘ सायद त्यो नेताहरूले आआफ्नो पार्टीभित्र ब्रिफिङ गरेपछिमात्र थाहा होला ।

माधवप्रति ओली सकारात्मक

यसैबिच नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी गठन गरेका माधव नेपाललाई पनि सत्ता गठबन्धनमा समेट्न एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक बनेका छन् । प्रधानमन्त्री प्रचण्डसँगको सल्लाहमा माधव नेपालको पार्टीलाई समेट्न ओली सकारात्मक बनेका हुन् ।

‘प्रधानमन्त्री र अध्यक्षज्यूको सल्लाहमै माधव नेपालको पार्टीलाई समेट्ने प्रयास गरिएको हो । त्यही भएर प्रधानमन्त्रीले नेपालको निवासमै पुगेर प्रस्ताव पनि गर्नुभएको हो’, एमाले उपाध्यक्ष विष्णु पौडेलले भने, ‘सकभर परिवर्तन पक्षधरहरूलाई समेट्न भएको प्रयास सकारात्मक छ ।’ स्रोतका अनुसार भविष्यमा वामपन्थी एकता गर्न पनि अहिलेदेखि सहकार्य गर्दा सहज हुने बुझेर ओली नेता नेपालको पार्टीलाई समेट्न चाहन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group