ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जरायलमा हिज्बुल्लाहको हमला एक भारतीयको मृत्यु, अन्य २ जना घाइते


एबीसी न्यूज
२२ फाल्गुन २०८०, मंगलबार   २ : २२   बजे

काठमाडौं २२ फागुन । इजरायलमा लेबननस्थित चरमपन्थी समूह हिज्बुल्लाहले गरेको एक हमलामा परेर भारतीय नागरिक मारिएका छन्। यो घटनाको पुष्टि नयाँ दिल्लीस्थित भारतीय दूतावासले गरेको छ।

इजरायलले आफ्नो गाउँमा हिज्बुल्लाहले गरेको रकेट हमलामा भारतीय नागरिक मारिएकोमा दुस्ख व्यक्त गरेको छ।

यस हमलामा अरु दुईजना भारतीय पनि घाइते भएका छन्। उनीहरू भारतको केरलबाट इजरायल पुगेको खुलेको छ।

उत्तरी इजरायलको मार्गालियोत गाउँमा लेबनानबाट गरिएको रकेट हमलापछि हताहती भएको हो। हिज्बुल्लाहले हानेको यो एन्टी ट्यांक मिसाइल एउटा बगैँचामा खसेको थियो। त्यही क्रममा बगैँचामा काम गरिरहेका भारतीय परेका थिए।

हमलामा कोल्लममा रहेका पेटनीबिन म्याक्सवेलको मृत्यु भयो। अर्कातिर बुश जोसफ जर्ज र पल मेलभिन घाइते भए। उनीहरूलाई उपचारका लागि तत्कालै अस्पताल लगिएको छ।

भारतमा इजरायली दूतावासले ट्वीटरमा लेख्दै भनेको छ, ुउत्तरी मार्गालियोत गाउँमा एक बगैँचामा खेती गरिरहेका कृषि श्रमिकमाथि शिया आतंकवादी संगठन हिजबुल्लाहको तर्फबाट गरिएको कायरतापूर्ण हमलाका कारण एक भारतीय नागरिकको मृत्यु र दुईजना घाइते भएकोमा स्तब्ध र दुस्खी छौँ। हामी मृतकका परिवारप्रति समवेदनासहित घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।’

७ अक्टोबरमा हमासले इजरायलमा हमला गरेको थियो। जसमा करिब १२ सय इजरायली नागरिक मारिएका थिए।

जवाफमा इजरायलले हमला थालेको थियो। त्यसका कारण अहिलेसम्म महिला र बालबालिकासहित ३० हजार बढी प्यालेस्टाइनबासीले ज्यान गुमाइसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group