ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वामदेव गौतम- गठबन्धन टिकाउन ओलीले व्यवहार सुधार्नुपर्छ


एबीसी न्यूज
२२ फाल्गुन २०८०, मंगलबार   ८ : २१   बजे

काठमाडौं २२ फागुन । राष्ट्रियसभा सदस्य वामदेव गौतमले एमाले र माओवादी केन्द्रसहितको गठबन्धन बन्नु सुखद रहेको भन्दै यसलाई टिकाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने बताएका छन् ।

‘उहाँले प्रचण्ड० पहिला पनि केपी ओलीलाई छोड्न चाहनुभएको होइन, केपी ओलीको व्यवहारका कारणले उहाँ जानुभयो । संसदको क्याबिनमा प्रधानमन्त्रीको कुर्सीमा गएर बसिदिएर प्रधानमन्त्रीलाई उ पर राख्ने, आफू प्रधानमन्त्री बस्ने कुर्सीमा बसेको छ । फेरि पत्रपत्रिका आदिमा आउँछ । गल्ती गरिएछ पनि नभन्ने । भाषण गर्दा पुरानो अवस्थाका कुराहरु कोट्याउने, मैले गरेको ठीकै थियो भन्ने । आफूबाट आफैँ हट्ने स्थिति भयो । अहिले पनि त्यस्तै भयो भने स्थिति फरक हुन्छ’, उनले भने ।

अहिलेको गठबन्धन प्रधानमन्त्री प्रचण्डको चाहनामा नभई ओलीको चाहनामा बनेको गौतमले बताए । २०८४ मा शक्ति आर्जन गर्ने उद्देश्यले ओलीले कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याएको उनको भनाइ छ ।

‘त्यसको निम्ति अरुतिर भन्दा त मुख्य पार्टी नेकपा माओवादी केन्द्र नै हो एमाले पछि । यी दुई पार्टीलाई एकीकृत गरेर जाँदा नै ०८४ मा एउटा शक्ति आर्जन गर्न सकिन्छ भन्ने मान्यता कमरेड केपी ओलीको हो’, गौतमले भने ।

गठबन्धन टिकाउन ओली नै लाग्नुपर्ने भन्दै गौतमले त्यसका लागि भुलसुधार गर्नुपर्ने बताए ।

‘केपी ओलीले भुल सुधार गर्नैपर्छ । केपी ओलीकै कारण काखमा पुगेका प्रचण्ड फुत्किएर फेरि काँग्रेसतिर जानुपर्ने स्थिति किन सिर्जना भयो भन्दा प्रचण्डको व्यक्तित्वलाई कहिल्यै सम्मान गर्नुभएन । प्रधानमन्त्री भएको बेलामा सबैभन्दा माथिल्लो तहको व्यक्तित्व छ उहाँको भन्ने ठान्नुपर्छ । उहाँ बस्ने कुर्सीमा बस्दिने, आत्मलोचना छैन । व्यक्तित्वमा आघात पुगेपछि कसैले मान्दैन’, गौतमले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu