ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झलनाथ खनाल- तत्काल कम्युनिष्ट पार्टीबीच कार्यगत एकताको सम्भावना छ


एबीसी न्यूज
२३ फाल्गुन २०८०, बुधबार   १ : २२   बजे

काठमाडौं २३ फागुन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट पार्टीहरुबीच तत्कालका लागि कार्यगत एकताको सम्भावना रहेको बताएका छन् । कार्यगत एकताबाट वामपन्थी पार्टीहरुबीच एकीकरणको सम्भावना पनि बढ्ने उनले विश्लेषण छ ।

विगतमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि शक्तिशाली पार्टी नेकपा बने पनि पछि विभाजन भएको भन्दै उनले त्यसको सिंहावलोकन गर्न र विगतका कुराहरुको मत भिन्नतामा अल्झेर नबस्न आह्वान गरे ।

‘आज हामी जुन ठाउँमा आइपुगेका छौं, यी सबै सिंहावलोकनका विषयहरु हुन् । प्रत्येक पार्टीका नेताहरुले यो छाती छामेर बिल्कुल निष्पक्षताका साथ यी चिजहरुको सिंहावलोकन गर्न जरुरी छ । म त्यो सबैलाई आह्वान गर्छु,’ खनालले भनेका छन्, ‘कमजोरी सबैका भएका छन् । ककसले कति मात्रामा कमजोरी गरे होलान् भन्ने भिन्नै कुरा हो । तर विगतका कुराहरुको मत भिन्नतामा अल्झेर बस्नु पनि हुन्न ।’

वामपन्थी एकताको पक्षमा वकालत गर्दै खनालले नेकपा एमाले र एकीकृत समाजवादीका नेताहरु बीचको आग्रह पूर्वाग्रह अन्त्य गर्नुपर्ने समेत बताए ।

‘नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको बीचमा एकता कहिल्यै हुनुहँुदैन भन्ने छैन । नेताहरुमा भएका जुन आग्रह हुन्, पूर्वाग्रह हुन्, इगोहरु हुन् । यी चिजहरुलाई अन्त्य गर्नुपर्छ,’ खनालले भनेका छन्, ‘इगो, आग्रह र पूर्वाग्रह भनेको मार्क्सवाद होइन । त्यो निम्न पूँजीवाद हो । निम्न पूँजीवादलाई निर्ममतापूर्वक उखेलेर फ्याँक्ने हो भने हामीसँग एउटा निष्पक्ष क्रान्तिकारी दृष्टिकोण, मार्क्सवादी दृष्टिकोण मात्र बाँकी रहन्छ ।’

खनालले थप भनेका छन्, ‘अनि त्यो दृष्टिकोणले एकले अर्काको कमजोरीलाई राम्रोसँग देख्न सक्छन् । त्यसले एकले अर्कोलाई रचनात्मक ढंगले आलोचना गर्नसक्छ र त्यसलाई हटाउनका लागि आग्रह गर्नसक्छ । हरेक पार्टीले पनि त्यसलाई हटाउन कुनै गाह्रो हुँदैन । अनि त्यस्तो अवस्थामा पुगेर विचारमा, नीतिमा, सिद्धान्तमा एकता भयो भने पार्टी फेरि एकीकरण हुनलाई के गाह्रो हुन्छ र ।’

तर एकता भनेको अंकमाल गरेरमात्र नहुने भन्दै खनालले वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा एकता हुनुपर्नेमा जोड दिए । ती कुरा मिले एकता हुने उनको भनाइ छ । तर तत्काललाई भने कार्यगत एकता मात्र हुनसक्ने खनालले बताए ।

‘अहिले चाहिँ यो कार्यगत एकता हो हेर्नुस् । कार्यगत एकता आफैंमा एउटा महत्वपूर्ण स्टेप हो,’ खनालले भने, ‘त्यो स्टेपबाट अगाडि बढदै गएपछि कम्युनिष्टहरुको बीचमा, वामपन्थी समूहहरुको बीचमा पार्टी एकीकरणका सम्भावनाहरु बढ्छन् ।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu