ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजै मन्त्रिपरिषद् विस्तारको तयारी, दलहरु आन्तरिक छलफलमा


एबीसी न्यूज
२३ फाल्गुन २०८०, बुधबार   १ : २६   बजे

काठमाडौं २३ फागुन । आ(आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने प्रयासमा सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार दलहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन् ।

माओवादी केन्द्रका शीर्ष तहका नेताहरु मंगलबार बेलुकी छलफलमा बसेका थिए । गएरातिको छलफलबाट अघिल्लो पटक मन्त्री बनेकाहरुलाई नदोहोर्याउने समझदारी नेताहरुबीच भएको स्रोतको दाबी छ । यद्यपि यसको अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ ।

आजै एकीकृत समाजवादीको पनि बैठक बस्दै छ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतले मंगलबार भेटेर सरकारमा सहभागी हुन अनुरोध गरेका थिए । अध्यक्ष नेपालले पार्टीको बैठक बसेर आवश्यक निर्णय लिने जवाफ दिएका थिए । त्यसैले एकीकृत समाजवादीको सचिवालय बैठक ११ बजे बस्दैछ ।

प्रचण्डले झलनाथलाई भेटे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान फेरि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई भेटेर छलफल गरेका छन् । सो छलफलमा खनालले वाम दलहरु सँगै मिलेर अघि बढ्नुपर्ने बताएका थिए ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी कार्यालय बालकुमारीमा बसिरहेको छ । बैठकमा मन्त्री चयनको विषयमा छलफल भइरहेको स्रोतले बतायो । जसपाको यो बैठक मंगलबार चार बजे बस्ने भनिए पनि अध्यक्ष उपेन्द्र यादवको कार्यव्यस्तताको कारण आज बिहान ९ बजेदेखि मात्र सुरु भएको हो ।

आज मन्त्रालय बाँडफाँटको विषयमा सत्ता गठबन्धनको कार्यदलको बैठक बस्ने तयारी छ । मन्त्रालय बाँडफाँटमा सहमति जुटाउन गठबन्धन दलका एक(एक जना नेताहरु सम्मिलित कार्यदल बनाइएको छ । कार्यदलले शीर्ष नेताहरुलाई सिफारिस गर्ने र आजै अन्तिम टुंगो लगाएर नयाँ मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी छ ।

‘संसदमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमा छलफल गर्नुपर्ने भएको र त्यसका लागि अर्थमन्त्री आवश्यक पर्ने भएकाले सकेसम्म आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ,’ स्रोतले भन्यो । प्रतिनिधि सभाको बैठक बिहीबारका लागि बोलाइएको छ ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससहितको गठबन्धन भत्काएर नेकपा एमाले र रास्वपासहितको गठबन्धन निर्माण गरेका छन् । नयाँ गठबन्धनबाट एमाले, माओवादी र रास्पपाका एक(एक जना मन्त्रीले सोमबार सपथ ग्रहण गरेका थिए । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu