ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेबाट सरकारमा जाने ८ मन्त्री


एबीसी न्यूज
२३ फाल्गुन २०८०, बुधबार   ३ : ४७   बजे

काठमाडौं २३ फागुन । नेकपा एमालेले सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ। सत्ता गठबन्धनमा मन्त्रालय संख्याको भागबन्डा टुंगिएलगत्तै एमाले शीर्ष नेताहरू बसेर मन्त्रीको नाम टुंगो लगाएका हुन्।

एमाले स्रोतका अुनसार रघुवीर महासेठले सरकारको नेतृत्व गर्नेछन्। उनलाई भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

त्यस्तै, दामोदर भण्डारी पनि मन्त्री बन्दैछन्। उनी यसअघि पनि छोटो समय प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री बनेका थिए। भण्डारीलाई उद्योग मन्त्रालय दिने तयारी छ।

 

स्रोतका अनुसार बलराम अधिकारी, भगवती चौधरी, ज्वालाकुमारी साह, राजेन्द्र राई, हरि उप्रेतीलाई पनि एमालेले मन्त्री बनाउँदैछ।

उनीहरूको मन्त्रालय टुंगो लगाउन बाँकी छ।

अधिकारी र महासेठ बाहेक अरु सबै पुरानै मन्त्रीहरूलाई एमालेले दोहोर्‍याउन लागेको हो।

गत सोमबार भएको मन्त्रिमण्डल पुनर्गठनमा एमालेका पदम गिरी मन्त्री बनिसकेका छन्। उनलाई प्रधानमन्त्री प्रचण्डले विना विभागीय मन्त्री नियुक्त गरिएको थियो।

विषय विज्ञताका आधारमा मन्त्रालय टुंगो लगाउनेगरी अहिले शीर्ष नेताबीच छलफल चलिरहेको एमाले स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकी उपविदेशमन्त्री हुकरले बाढी प्रभावित नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu