ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री श्रेष्ठले टेलिफोन वार्ता गर्ने


एबीसी न्यूज
२४ फाल्गुन २०८०, बिहिबार   १ : ३४   बजे

काठमाडौं २४ फागुन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग टेलिफोन वार्ता गर्ने भएका छन् ।

रुसी सेनामा भर्ती भएका नेपाली नागरिकका विषयमा छलफल गर्न उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी सर्गेइसँग टेलिफोन वार्ता गर्न लागेका हुन् ।

टेलिफोन वार्तामा रुसी सेनामा भर्ती भएकाहरूको स्वदेश फिर्ती, रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा अंगभंग भएका र ज्यान गुमाएका परिवारलाई क्षतिपूर्तिको व्यवस्था र मृतकको शव फिर्ताका विषयमा कुरा हुने परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिए ।

‘रुसी सेनामा भर्ती भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्नुपर्छ भन्ने कुरा प्रमुख हो । ज्यान गुमाएका, अंगभंग भएका र अलपत्र परेकाहरूको क्षतिपूर्तिको विषय पनि हाम्रो प्राथमिकतामा छ’, श्रेष्ठले अनलाइनखबरसँग भने ।

नेपाल सरकार परराष्ट्र मन्त्रालय र मस्कोस्थित नेपाली दूतावासको लामो प्रयासपछि रुसी विदेशमन्त्री सर्गेइले नेपाली समकक्षीसँग टेलिफोन वार्ता गर्ने तय भएको हो ।

नेपालले आफ्ना नागरिकलाई सेनामा भर्ती नलिन, भर्ती भएकालाई फिर्ता पठाउन, मृत्यु भएकाको शव नेपाल पठाइदिन र अंगभंग भएकाको विवरणका साथै क्षतिपूर्ति समेत उपलब्ध गराउन अनुरोध गर्दै आएको छ । तर अहिलेसम्म रुससँग नेपालले प्रत्यक्ष संवाद गर्न सकिरहेको छैन ।

यसअघि निवर्तमान परराष्ट्रमन्त्री एनपी साउदले युगाण्डा भ्रमणका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग यस विषयमा अनुरोध गरेका थिए भने नेपालस्थित रुसी राजदूतलाई पनि बोलाएर आग्रह गरेका थिए । तर त्यसको सुनुवाइ भइरहेको छैन । रुसले आफ्नो सुरक्षा फौजमा भर्ती गरिएका नेपालीको विवरण समेत अहिलेम्म नेपाललाई दिएको छैन ।

नेपाल सरकारलाई रुसी रक्षा मन्त्रालयले पठाएको विवरणअनुसार अहिलेसम्म रुसी सेनामा कार्यरत १२ जनाको ज्यान गएको छ । त्यसबाहेक बाँकी कति संख्यामा नेपालीहरू रुसी सेनामा कार्यरत छन् र उनीहरूको अवस्था के छ भन्ने बारेमा जानकारी नेपालसँग छैन ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागमा भने २०० भन्दा बढीका परिवारले उद्धारका लागि आग्रह गर्दै निवेदन दिएका छन् ।
साथै, केही समयअघि मात्रै रुसले युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई दिने क्षतिपूर्ति दूतावासमार्फत उपलब्ध गराउन तयार भएको थियो ।

मृतकका परिवारका सदस्य रुस पुगेरै क्षतिपूर्ति लिनुपर्ने बताइरहँदा परराष्ट्र मन्त्रालयको पहलपछि रुस दूतावासमार्फत क्षतिपूर्ति दिन तयार भएको थियो ।

रुसी सेनामा भर्ती भएका नेपाली, युक्रेन युद्धमा मारिएका नेपालीहरूको शव फिर्ता र क्षतिपूर्तिलगायत विषयमा छलफल गर्न तय भएको टेलिफोन वार्ता सत्ता गठबन्धन परिवर्तन भएसँगै अन्योलमा परेको थियो ।

नयाँ गठबन्धन बनेपछि बुधबार परराष्ट्र मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री श्रेष्ठले पाएपछि बिहीबार उक्त वार्ता हुने भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu