ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधानसम्मत विकल्प खोज्दा अन्यथा लिनुहुन्न- विष्णु पौडेल


एबीसी न्यूज
२४ फाल्गुन २०८०, बिहिबार   ३ : ०७   बजे

काठमाडौं २४ फागुन । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कांग्रेससँगको गठबन्धनमा समस्या देखिएपछि संविधानसम्मत रुपमा अर्को विकल्प खोजिएको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा समय लिएर बोल्दै उनले कुनै पनि समस्या देखिएमा संविधानसम्मत विकल्प खोज्नुलाई अन्यथा लिन नहुने बताए ।

‘हिजोको गठबन्धनमा समस्या सिर्जना भयो भने, सहकार्य गरिरहेका दलहरुबीचमा समस्या देखियो भने संविधानसम्मत ढंगले विकल्प खोज्नुपर्छ’, उनले भने, ‘संविधानसम्मत विकल्प खोज्नुलाई सस्तो पदावलीले आरोपित गर्ने भन्दा त्यसलाई स्वभाविक रुपमा लिनुपर्छ ।’

अहिले नयाँ यात्रा आरम्भ भएको भन्दै उपाध्यक्ष पौडेलले यो यात्रा सहज ढंगले अगाडि बढ्नेमा आशंका नगर्न पनि आग्रह गरे । ‘इतिहास कहिले पनि सेलरोटीजस्तो घुम्दैन, इतिहास स्प्रिङजस्तो हुन्छ, हिजो जे भयो केही समय पछि हामी पनि त्यही गर्छौं भन्ने ठान्नुहुँदैन’ उनले भने ।

अहिलेको गठबन्धनले प्रतिनिधिसभाको यो कार्यकाल पूरा गर्ने भन्दै उपाध्यक्ष पौडेलले कुनै स्वार्थको लेनदेनका आधारमा गठबन्धन नगरेको बताए । ‘यो विगतका अनुभवहरुबाट शिक्षा लिएर सुरु गरिएको सहयात्रा हो दुर्घटनामा पर्छ कि भनेर आशंका नगरे पनि हुन्छ’, उनले भने ।

यो गठबन्धनले प्रतिनिधिसभाको कार्यकाल पूरा गरेर देश र जनताका लागि कोशेढुंगा स्थापना गर्ने उपाध्यक्ष पौडेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu