ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली औषधी बेच्ने पसलमा सिलबन्दी


एबीसी न्यूज
२५ फाल्गुन २०८०, शुक्रबार   २ : २८   बजे

काठमाडौं २५ फागुन । नक्कली औषधी बिक्री गर्ने पसल बन्द गरिएको छ । अनुगमनका क्रममा त्यस्तो भेटिएपछि पसल बन्द गरिएको हो । पसल र बिक्रेता दुवै नक्कली भएको पाइएपछि पसल बन्द गरेर बिक्रेतालाई पक्राउ गरिएको छ ।

अनुगमनको क्रममा डुडुवा गाउँपालिकाको वडा ६ चौधरीपूर्वाबाट एक जना नक्कली औषधी बिक्रेतालाई प्रशासनले पक्राउ गरी नक्कली औषधी पसल बन्द गरेको हो ।

औषधी पसल सञ्चालन गर्ने कुनै पनि कागजपत्र र अनुमति नलिई लामो समयदेखि नक्कली औषधी पसल गर्दैआएका विकास लखेरलाई नियन्त्रणमा लिँदै बाँके प्रशासनले लखेरले चलाउँदै आएको औषधी पसललाई सिलबन्दी गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार लखेरसँग औषधी बिक्री गर्ने योग्यताको प्रमाणपत्र नभएको, पसल प्रचलित कानुनअनुसार कहिँकतै दर्ता समेत नभएको हुँदा पसल र बिक्रेता दुवै नक्कली भएको पुष्टि भएको जनाइएको छ ।

औषधीजस्तो अति नै संवेदनशील बस्तुको सो नक्कली पसलमा रहेका ७५ प्रतिशतभन्दा बढी औषधी म्याद नाघेको फेला परेको जनाउँदै प्रजिअ पोखरेलले कतिपय औषधीमा आफैले कलमबाट म्याद सच्याइएको पाइएको बताउनुभयो ।

उहाँले बरामद भएका केही औषधी नेपालमा प्रतिबन्धित समेत रहेको जनाउँदै लखेरले मानिसको जीवनसँग खेलबाड गरिरहेको पाइएको उहाँले बताउनुभयो ।

नक्कली पसलमा नेपालमा उपयोग गर्न समेत निषेध गरिएका भिगो ट्रिप्पल एक्स, डर्मिकेमजस्ता औषधी सो पसलबाट बरामद भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जसँग समन्वय गरी नक्कली बिक्रेता लखेरलाई औषधी बिक्री वितरणसम्बन्धी प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu