ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक अवरुद्ध


एबीसी न्यूज
२७ फाल्गुन २०८०, आइतबार   ८ : ३०   बजे

काठमाडौ २७ फागुन । सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ बरलवाको भिरमा पहिरो खसेको हो । पहिरोले बागलुङ–गुल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरूपमा बन्द छ।यसअघि गएको फागुन ११ गते राति खसेको सुक्खा पहिरोका कारण करिडोर एक हप्ता बन्द भएको थियो ।

बाग्लुङको मालढुङ्गाबाट गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भैरहेको छ ।काम चलिरहेकै बेला हिजो दिउँसो पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका इन्जिनियर छकबहादुर गुरुङले बताए। पहिरो हटाउन केही दिन लाग्न सक्ने उनले बताए।सडक बन्द भएपछि करिडोर हुँदै चल्ने लामो तथा छोटो दुरीका गाडीलाई समस्या भएको छ । बाग्लुङ बजार र दक्षिण जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने गाडी र यात्रु समस्यामा परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अदालतको आदेशकै बीच वीरगन्जमा नेपाल टेलिकमको भवन भत्काइयो

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu